बुटवल, २६ साउन । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीले वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले सोमबार बुटवलका धार्मिक तथा विद्यालय क्षेत्रमा बृक्षारोपण गरेको छ ।
धार्मिक हिसावले साउनको अन्तिम सोमबारका दिन संघले बुटवलमा रहेका निलकण्ठ बाबा धाम मन्दिर, तिलोत्तमा मावि र कालिकानगर स्थित शिवालय मन्दिर परिसरमा विभिन्न प्रजातीका विरुवा रोपेको हो ।
हरियाली प्रवद्र्धन र पर्यावरणमा टेवा पुर्याउने उद्देश्यले नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीले धार्मिक तथा शैक्षिक क्षेत्रमा बृक्षारोपण गरेको हो । संघको आयोजनामा भएको कार्यक्रममा संविधान सभा सदस्य विनोद पहाडी र सिलाई व्यवसायी महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रामकुमार रणपालले संयुक्त रुपमा बृक्षारोपण गर्नुभएको हो ।
बुटवल ११ शिवालय मन्दिर परिसरबाट शुरु गरिएको बृक्षारोपण नीलकण्ठ बाबा धाम मन्दिर परिसरमा बृक्षारोपण गरेर समापन गरिएको थियो । सो अवसरमा बोल्दै उक्त अवसरमा बोल्दै संविधान सभा सदस्य विनोद पहाडीले सिलाई ब्यवसायीले आफ्नो ब्यवसायका अलावा सामाजिक र वातावरण प्रवद्र्धन गर्ने क्षेत्रमा समेत काम गर्दै आएको बताउनु भयो । बिशेष अवसरमा रोपिएका विरुवा हुर्काउने र संरक्षण गर्ने दायित्व पनि आयोजकहरुले लिन सकेमा मात्र बृक्षारोपणको सान्दर्भिक्ता रहने पहाडीले बताउनु भयो ।
सिलाई ब्यवसायी महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रामकुमार रणपालले धर्म संस्कृतिको जगेर्ना गर्ने र वातावरण संरक्षण गर्ने उद्देश्य अनुरुप धार्मिक र शैक्षिक क्षेत्रमा बृक्षारोपण गरिएको बताउनु भयो ।
संघका मानार्थ केन्द्रीय सदस्य लोकबहादुर नेपालीले बोट विरुवा जोगाउंदा वातावरणसँगै मानवता समेत बाँच्ने भएकाले यस्ता पवित्र काममा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
संघले नीलकण्ठ बाबा धाम, तिलोत्तमा मावि र शिवालय मन्दिर परिसरमा वर, पिपल, स्वामी, अशोका, वेल, धुपी, अनार, अम्बा, आँप, लिची लगायतका विरुवाहरु रोपेको सिलाई ब्यवसायी संघ रुपन्देहीले जनाएको छ ।
संघले बृक्षारोपण संगै शिवालय मन्दिरका पण्डित गोविन्द प्रसाद चापागाईं, तिलोत्तमा मावि व्यवस्थापन समितका अध्यक्ष विरमान लामा, निलकण्ठ बाबा धाम मन्दिर व्यवस्थापन समितिका सचिव भिम प्रसाद भुर्तेललाई सम्मान गरेको छ ।
बृक्षारोपण कार्यक्रममा संघका पूर्व जिल्ला अध्यक्ष सुवर्ण परियार, सरोज गौतम, सल्लाहाकार राजेन्द्र गौतम, लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघका अध्यक्ष प्रताप परियार, बुटवल नगर अध्यक्ष राजेन्द्र गौतम, व्यवसायी बालकृष्ण परियार लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । सिलाई ब्यवसायी संघका जिल्ला अध्यक्ष सुभाष परियारको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष रमेश आब्जुको स्वागत र संजित बुढाप्रिथिको संचालनमा कार्यक्रम भएको थियो ।
