Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिलाई ब्यवसायी संघद्वारा धार्मिक र शैक्षिक क्षेत्रमा बृक्षारोपण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिलाई ब्यवसायी संघद्वारा धार्मिक र शैक्षिक क्षेत्रमा बृक्षारोपण

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७७ · 0
सिलाई ब्यवसायी संघद्वारा धार्मिक र शैक्षिक क्षेत्रमा बृक्षारोपण
80
SHARES
ShareTweet

बुटवल, २६ साउन । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीले वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले सोमबार बुटवलका धार्मिक तथा विद्यालय क्षेत्रमा बृक्षारोपण गरेको छ ।
धार्मिक हिसावले साउनको अन्तिम सोमबारका दिन संघले बुटवलमा रहेका निलकण्ठ बाबा धाम मन्दिर, तिलोत्तमा मावि र कालिकानगर स्थित शिवालय मन्दिर परिसरमा विभिन्न प्रजातीका विरुवा रोपेको हो ।
हरियाली प्रवद्र्धन र पर्यावरणमा टेवा पुर्याउने उद्देश्यले नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीले धार्मिक तथा शैक्षिक क्षेत्रमा बृक्षारोपण गरेको हो । संघको आयोजनामा भएको कार्यक्रममा संविधान सभा सदस्य विनोद पहाडी र सिलाई व्यवसायी महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रामकुमार रणपालले संयुक्त रुपमा बृक्षारोपण गर्नुभएको हो ।
बुटवल ११ शिवालय मन्दिर परिसरबाट शुरु गरिएको बृक्षारोपण नीलकण्ठ बाबा धाम मन्दिर परिसरमा बृक्षारोपण गरेर समापन गरिएको थियो । सो अवसरमा बोल्दै उक्त अवसरमा बोल्दै संविधान सभा सदस्य विनोद पहाडीले सिलाई ब्यवसायीले आफ्नो ब्यवसायका अलावा सामाजिक र वातावरण प्रवद्र्धन गर्ने क्षेत्रमा समेत काम गर्दै आएको बताउनु भयो । बिशेष अवसरमा रोपिएका विरुवा हुर्काउने र संरक्षण गर्ने दायित्व पनि आयोजकहरुले लिन सकेमा मात्र बृक्षारोपणको सान्दर्भिक्ता रहने पहाडीले बताउनु भयो ।
सिलाई ब्यवसायी महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रामकुमार रणपालले धर्म संस्कृतिको जगेर्ना गर्ने र वातावरण संरक्षण गर्ने उद्देश्य अनुरुप धार्मिक र शैक्षिक क्षेत्रमा बृक्षारोपण गरिएको बताउनु भयो ।
संघका मानार्थ केन्द्रीय सदस्य लोकबहादुर नेपालीले बोट विरुवा जोगाउंदा वातावरणसँगै मानवता समेत बाँच्ने भएकाले यस्ता पवित्र काममा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
संघले नीलकण्ठ बाबा धाम, तिलोत्तमा मावि र शिवालय मन्दिर परिसरमा वर, पिपल, स्वामी, अशोका, वेल, धुपी, अनार, अम्बा, आँप, लिची लगायतका विरुवाहरु रोपेको सिलाई ब्यवसायी संघ रुपन्देहीले जनाएको छ ।
संघले बृक्षारोपण संगै शिवालय मन्दिरका पण्डित गोविन्द प्रसाद चापागाईं, तिलोत्तमा मावि व्यवस्थापन समितका अध्यक्ष विरमान लामा, निलकण्ठ बाबा धाम मन्दिर व्यवस्थापन समितिका सचिव भिम प्रसाद भुर्तेललाई सम्मान गरेको छ ।

बृक्षारोपण कार्यक्रममा संघका पूर्व जिल्ला अध्यक्ष सुवर्ण परियार, सरोज गौतम, सल्लाहाकार राजेन्द्र गौतम, लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघका अध्यक्ष प्रताप परियार, बुटवल नगर अध्यक्ष राजेन्द्र गौतम, व्यवसायी बालकृष्ण परियार लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । सिलाई ब्यवसायी संघका जिल्ला अध्यक्ष सुभाष परियारको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष रमेश आब्जुको स्वागत र संजित बुढाप्रिथिको संचालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

रुपन्देहीमा पानीमा डुवेर र कुटपीटवाट गरि २ जनाको मृत्यु

Next Post ≫

आज श्रीकृष्ण जन्माष्टमी पर्व, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क