Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पत्रकार पाण्डेद्वयलाई गरेको दुब्र्यबहारप्रति महासंघको भ्रत्सना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार पाण्डेद्वयलाई गरेको दुब्र्यबहारप्रति महासंघको भ्रत्सना

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0
पत्रकार पाण्डेद्वयलाई गरेको दुब्र्यबहारप्रति महासंघको भ्रत्सना
60
SHARES
ShareTweet

बुटवल १९ साउन
नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्ला उपाध्यक्ष दिनेश पाण्डे र केन्द्रीय सभासद भगवती पाण्डेमाथि अख्तियारका कर्मचारीले गरेको दुब्र्यबहारप्रति भ्रत्सना गरेको छ ।
अध्यक्ष यानेन्द्र जीसी र सचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तीमा सार्वजनिक स्थानमा गरिएको खानतलासीको भिडियो तथा तस्वीर लिनेक्रममा पत्रकार परिचय दिँदा समेत गरिएको अभद्र व्यवहारले सिंगो संस्थाप्रति प्रश्नचिन्ह उब्जाएको उल्लेख छ ।
विज्ञप्तीमा सरकारी जिम्मेवारीमा रहेका व्यक्तिले पत्रकारमाथि गरेको यस्तो व्यवहारले राम्रो सन्देश नदिने बताउँदै घटनाका आरोपितलाई तत्काल कारबाही अगाडि बढाउन माग गरिएको छ ।
घटना विवरणअनुसार सोमबार रुपन्देहीको सालझण्डीस्थित राजमार्गमा सरकारी गाडी खानतलासी गरिरहेको अवस्थामा पत्रकारद्वयले भिडियो तथा तस्बीर लिइरहेको समयमा अख्तियारमा जिम्मेवारी रहेका प्रहरी निरीक्षक रोशन पाण्डेले क्यामेरा तथा मोबाइल खोसेर नियन्त्रणमा लिएका थिए ।
सार्वजनिक स्थानका सर्वसाधारणले सहजै देख्नेगरी गरिएको खानतलासीलाई समाचार बनाउने उद्देश्यले क्यामेरामा कैद गर्दै थियौं, तर एक्कासी अपरिचित व्यक्तिले अपशब्द बोल्दै क्यामेरा र मोबाइल तान्न आए, हामीले पत्रकार परिचयपत्र देखायौं तर उनले कसको निर्देशनमा खिचेको भन्दै धकेल्दै मोबाइल तथा क्यामेरा नियन्त्रणमा लिए– उपाध्यक्ष पाण्डेले भन्नुभयो ।
त्यसपछि स्थानीय प्रहरीसंग सोधखोज गर्दा अख्तियारको टोलीले खानतलासी गरेको जानकारी भएको र आफूलाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने व्यक्ति अख्तियारका प्रहरी निरीक्षक रोशन पाण्डे रहेको खुलेको पत्रकार पाण्डेले बताउनुभयो ।
घटनाको अवस्थालाई हेरिरहेका स्थानीयको दबाबपछि निरीक्षक पाण्डेले क्यामेरा तथा मोबाइल फिर्ता दिएका थिए ।

≪ Previous Post

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख र अधिकृत करिव ९ लाखसहित पक्राउ

Next Post ≫

कोरोना उपचार कोषमा ग्रामीण विकास वित्तीय संस्थाका कर्मचारीहरूद्वारा ३४ लाख बढि सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क