Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विपी र पुष्पलालका नाममा रुपन्देहीको सैनामैनामा २० हजार चिउरीका वोट
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विपी र पुष्पलालका नाममा रुपन्देहीको सैनामैनामा २० हजार चिउरीका वोट

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७७ · 0
विपी र पुष्पलालका नाममा रुपन्देहीको सैनामैनामा २० हजार चिउरीका वोट
100
SHARES
ShareTweet

बुटवल ६ साउन
रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा विपी र पुष्पलालका नाममा समान १० दश हजार चिउरीका विरुवा रोपिएको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै ३८ औँ स्मृति दिवसको उपलक्ष्यमा मंगलवार १० हजार चिउरीका विरुवा रोपिएको हो । सार्वजनिक लेखा समितिका सभापति एवम् सांसद भरत कुमार शाहको प्रमुख आतिथ्यतामा नगरपालिकाको वडा नं ३ र ५ मा रहेको सामुदायिक बनमा विरुवा रोपी स्मृति दिवस मनाइएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, सैनामैना उपप्रमुख विना राना, नेपाली कांङ्ग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, कांग्रेसका नेता विष्णु प्रसाद पोखरेल, नेपाल कम्युनिष्ट पार्टी सैनामैनाका अध्यक्ष चेत नारायण न्यौपाने, नेपाली कांग्रेस सैनामैना नगरसभापति रामप्रसाद अधिकारी लगायतको सहभागितामा बृक्षारोपण गरी दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथि शाहले वातावरण हराभरा गराउने र आर्यआर्जनमा पनि टेवा पु¥याउने उद्देश्यका साथ मंगलबार विपी स्मृति दिवसको अवसरमा १० हजार बिरुवा रोपिएको बताउनुभयो ।
सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले यस प्रकारका विरुवाहरु बर्षेनी लगाउने, विरुवा लगाएको ठाउँमा तारबार गर्ने, घेरालुहरु राख्ने र रोपेका सबै विरुवाहरु हुर्काउने र संरक्षण गर्ने ठोस प्रभावकारी कार्य योजना सहित बृक्षारोपणको कार्यक्रमलाई अगाडि बढाइएको बताउनु भयो ।
यसै बीच बुधवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा पनि १० हजार विरुवा रोपिने भएको छ ।
वडा नं ९ को सामुदायिक बन एवम् सेनाहरुकोे सैन्य तालिम केन्द्र सीमाभित्र रहेको चुरे पहाडमा विरुवा रोपी स्मृति दिवस मनाउने कार्यक्रम रहेको नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । बुधवार प्रदेश नं ५ का उद्योग वन, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा बृक्षारोपण गरिने छ ।
बृक्षारोपण कार्यक्रम नेपाली सेनाको कालिगढदल, राष्ट्रपति चुरे तराई मधेश कार्यक्रम बुटवल स्थित कलस्टर इकाई कार्यालय, डिभिजन बन कार्यालय रुपन्देही, पर्रोहा सामुदायिक बन, नेपाल कम्युनिष्ट पार्टी सैनामैना र नेपाली कांग्रेस सैनामैनाको सहकार्य र सहयोगमा विरुवा रोपिएको नगरपालिकाले जनाएको छ । आज विभिन्न संघ संस्था, टोल विकास संस्था, राजनितिक दल लगायत स्थानीयको सहभागितामा वृक्षारोपण गरिएको हो । चिउरीका विरुवा राष्ट्रपति चुरे मधेश तराई विकास कार्यक्रम क्लस्टर इकाई कार्यालय बुटवलको सहयोगमा उपलब्ध भएको हो ।

≪ Previous Post

सन्दर्भ विपी स्मृति, कमाउ धन्दामा लागेका कारण आम नागरिकको समस्यामा सरकार गम्भिर छैन: काँग्रेस

Next Post ≫

हिमचुलीद्धारा राहत बितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क