Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ मृत्यु भयो भनेर क्रिया बसेको नौ दिनमा गुल्मीका श्यामचरण जीवितै भेटिए
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मृत्यु भयो भनेर क्रिया बसेको नौ दिनमा गुल्मीका श्यामचरण जीवितै भेटिए

संसारपोस्ट संवाददाता · २७ असार २०७७ · 0
मृत्यु भयो भनेर क्रिया बसेको नौ दिनमा गुल्मीका श्यामचरण जीवितै भेटिए
110
SHARES
ShareTweet

श्यामलाल पोखरेल

बुटवल, २७ असार । मृत्यु भयो भनेर परिवार काजक्रियामा बसेको नौ दिनमा गुल्मीका एकजना पुरुष शनिबार जीवितै भेटिएका छन् । गुल्मी रुरु गाउँपालिका वडा नम्बर ५ का श्यामचरण भण्डारी पाल्पाको रैनादेवी गाउँपालिकामा जीवितै भेटिएका हुन् ।
श्यामचरण भण्डारीका परिवारले उनको मृत्यु भएको भनेर काजक्रिया बसेको नौ दिनपछि भण्डारी जीवितै भेटिएको छिमेकी मोति पौडेलले जानकारी गराउनु भयो ।
सामान्य विरामी खालका श्यामचरण केही दिन अघि रुपन्देहीको मणिग्रामबाट हराएका थिए । उनी हराएपछि घरपरिवार र आफन्तले खोजतलास गरेका थिए । खोजी गर्ने काम भैरहेको अवस्थामा गुल्मी रुरु कै साहाघाट भन्ने ठाउँमा एकजना पुरुषको शव भेटिएको थियो । नौ दिन अघि नाँगो अवस्थामा भेटिएको शवलाई स्थानीयले श्यामचरणको भएको किटानी गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरी श्यामचरणका परिवार काजक्रियामा बसेको श्यामचरणका छिमेकी मोती पौडेलको भनाइ छ । पौडेलका अनुसार गुल्मी रुरु गाउँपालिका ५ बोटे गाउँका स्थायी वासिन्दा श्यामचरणको परिवार हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा बस्दै आएको छ ।

≪ Previous Post

रोटरी लुम्बिनी स्टार्सको पदास्थापन सम्पन्न

Next Post ≫

आज मिति २०७७ आषाढ २८ गते आइतवार तदनुसार 12 july 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क