Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शिक्षिकाद्धारा बृद्धाश्रममा जन्म दिन
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शिक्षिकाद्धारा बृद्धाश्रममा जन्म दिन

संसारपोस्ट संवाददाता · २७ असार २०७७ · 0
शिक्षिकाद्धारा बृद्धाश्रममा जन्म दिन
40
SHARES
ShareTweet


भैरहवा, २७ असार
होटल तथा रेष्टुरेन्टहरुमा तामझामा साथ मनाईने जन्म दिन आजभोलि बृद्धाश्रम, अनाथश्रमहरुमा मनाउने चलन शुरु भएको छ । उक्त क्रियाकलापले युवा पुस्तामा सामाजिक भावना बढ्दै गएको पनि पुष्टि भएको छ ।
यसैबीच शनिबार रुपन्देहीको एक सामुदायिक विद्यालयको शिक्षिका रहेकी तिर्था अर्यालले सत्यसाई बृद्धा सेवा आश्रम भैरहवामा आश्रय लिएर बसेका बृद्धा बुबाआमाहरुसंगै आफ्नो जन्म दिन मनाएकी छन् ।
उहाँले आश्रममा रहेका १६ जना बुबा आमासंगै केक काटेर उनीहरुलाई खुवाउदैं र आर्शिबाद थाप्दै मनाएकी हुन् ।
उमेरले ९० टेकेका धनबहादुर माझी काठमाण्डौंदेखि भैरहवा आएको दुई बर्ष भयो । शनिबार भने उनी जन्म दिनको शुभकामनाका शब्दहरु उपहार दिदैं अर्यालले दिएको केक मिठो मानि मानि खाइरहेका थिए ।
माझी जस्तै गुल्मी शान्तिपुरकी ८४ बर्षिय गंगामामा पुन अर्यालको टाउको माथि हात राखेर आर्शिबाद दिदैं सधै आश्रममा आइरहनु भन्दै थिइन् ।
उमेरले ६६ बर्षदेखि ९० बर्ष सम्मका बुबा आमाहरुले जन्म दिन मनाउन केक बोकेर आश्रम पुगेका युवायुवतिलाई फेरि फेरि पनि आश्रममा आइरहनु है नानी बाबु भनिरहेका थिए । उनीहरुमा मुहारमा खुसीको बहार छाएको प्रष्टै देखिन्थ्यो ।
१० जना आमा र ६ जना बुबाहरुलाई एकाबिहानै खुसी बनाउने काम भने सामुदायिक विद्यालयको शिक्षिका समेत रहेकी भैरहवामा बसोबास गर्ने अर्यालले गरेकी हुन् ।आज म जन्मिएको दिन आफुले जन्म दिएका सन्तती भन्दा केहि टाढिएर बृद्धासेवा आश्रममा बसेका बुबाआमासंगै केक काट्न पाउदा अत्यन्तै खुसी भएकी छु । खासमा यो दिन मेरो लागि स्मरणीय हुनेछ । ’
अर्यालले विहानै आफुसंगै बस्ने आमासंग आर्शिबाद लिएपछि यहां आश्रममा बसोबास गरेका बुबाआमासंग आर्शिवाद लिन आएको समेत बताईन् ।
बृद्धासेवा आश्रममा जन्म दिन मनाउने कार्यले आफुहरुलाई पनि प्रेरणा प्रदान गरेको अर्यालको साथि समेत रहेका सिद्धार्थनगर वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले बताउनु भयो ।
अर्यालले बृद्धा बुबाआमालाई केहि दिनलाई पुग्ने नास्ताहरु पनि दिएको आश्रमको सन्चालक समिती अध्यक्ष माया खरालले बताउनु भयो ।
२०५९ सालमा स्थापना भएको उक्त आश्रममा काठमान्डौका ४ जना, भैरहवाका ५ जना , स्यांग्जा, पाल्पा, प्यूठान, अर्घाखाचि र मणिग्रामका एक एक जना बुबा आमा बस्दै आएका छन् ।

≪ Previous Post

गणेश समाज सुधार समितिको अध्यक्षमा गौतम

Next Post ≫

रोटरी लुम्बिनी स्टार्सको पदास्थापन सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क