Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रोटरी क्लव अफ बुटवल सामाजिक उत्तरदायित्व बहनमा केन्द्रित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी क्लव अफ बुटवल सामाजिक उत्तरदायित्व बहनमा केन्द्रित

संसारपोस्ट संवाददाता · २७ असार २०७७ · 0
रोटरी क्लव अफ बुटवल सामाजिक उत्तरदायित्व बहनमा केन्द्रित
80
SHARES
ShareTweet


बुटवल, २७ असार
रोटरी क्लब अफ बुटवलको दोस्रो क्लव एसेम्बली एवं १३२० औ नियमित बैठक शनिबार सम्पन्न भएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण भर्चुअल रुपमा बैठकको आयोजना गरिएको थियो ।
क्लवका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का २०२०÷०२१ का डिस्ट्रिक्ट डिष्ट्रिक एसिष्टेन्ट गभर्नर खिमानन्द भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै एसिष्टेन्ट गभर्नर भुसालले क्लवले स्थापना बर्षमा नै सह्रानीय कार्य गरेको बताउँदै आगामी दिनमा सामाजिक उत्तरदायित्व बहन गर्दै समाजमा अझै उदाहरणीय कार्य गर्न सुझाव दिनु भयो ।
भुसाललले हालै चयन गरिएको सन् २०२०÷०२१ को बोर्ड पदाधिकारीहरुको लागि पनि बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।
बैठकमा क्लवका अध्यक्ष सुनिल श्रेष्ठले क्यान्सर स्क्रिनिङ एण्ड डाइग्लोस्टिक सेन्टर, शंकरनगर वनवाटिकामा बालबालिकाका लागि इ लर्निङ एण्ड साइन्स थिएटर र आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट गरी तीनवटा प्रोजेक्ट अघि बढिसकेको जानकारी गराउनु भयो ।
रोटरी क्लव एडमिनिस्ट्रेशन कमिटीका अध्यक्ष रोटरीयन दया भण्डारीले रोटरीको वार्षिक कार्यक्रमका बारेमा जानकारी गराउनु भयो । उहाँले प्रोजेक्टलाई अझै प्राथमिकता दिएर काम गनुपर्नेमा जोड दिनु भयो । त्यसैगरी मेम्बरसिप कमिटी चेअर रोटरीयन लेखनाथ भुसाल, पब्लिक इमेज कमिटी चेअर रोटरीयन करुण खनाल, सर्भिस प्रोजेक्ट कमिटी चेअर रोटरीयन मधुप्रसाद अर्याल र द रोटरी फाउन्डेसन कमिटी चेअर रोटरीयन प्रज्वल थान्जुले आ–आफ्नो कमिटीको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।
बैठकमा क्लवका सचिव रोम शर्माले अघिल्लो वैठकमा भएको निर्णय र पदस्थापन कार्यक्रमको समीक्षाबारे जानकारी गराउनु भएको थियो ।
त्यस्तै बैठकमा प्रेसिडेन्ट इलेक्ट ताराप्रसाद उपाध्याय, क्लवका एजी रोटरीय हरि पौड्याल, एजी रोटरीयन राजेन्द्र लम्साल, रोटरीयन कृष्णप्रसाद अर्याल लगायतले सर्भिस प्रोजेक्टको विषयमा विभिन्न सुझाव दिर्नु भएको थियो । पहिलो बोर्ड बैठकले गरेका निर्णयहरु शनिबारको दोस्रो क्लव एसेम्बलीले अनुमोदन गरेको छ ।

≪ Previous Post

बहुबिबाह मुद्दामा पक्राउ पर्दा कोरोना संक्रमण पुष्टि

Next Post ≫

गणेश समाज सुधार समितिको अध्यक्षमा गौतम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क