बुटवल, २७ असार
रोटरी क्लब अफ बुटवलको दोस्रो क्लव एसेम्बली एवं १३२० औ नियमित बैठक शनिबार सम्पन्न भएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण भर्चुअल रुपमा बैठकको आयोजना गरिएको थियो ।
क्लवका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षता तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का २०२०÷०२१ का डिस्ट्रिक्ट डिष्ट्रिक एसिष्टेन्ट गभर्नर खिमानन्द भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै एसिष्टेन्ट गभर्नर भुसालले क्लवले स्थापना बर्षमा नै सह्रानीय कार्य गरेको बताउँदै आगामी दिनमा सामाजिक उत्तरदायित्व बहन गर्दै समाजमा अझै उदाहरणीय कार्य गर्न सुझाव दिनु भयो ।
भुसाललले हालै चयन गरिएको सन् २०२०÷०२१ को बोर्ड पदाधिकारीहरुको लागि पनि बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।
बैठकमा क्लवका अध्यक्ष सुनिल श्रेष्ठले क्यान्सर स्क्रिनिङ एण्ड डाइग्लोस्टिक सेन्टर, शंकरनगर वनवाटिकामा बालबालिकाका लागि इ लर्निङ एण्ड साइन्स थिएटर र आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट गरी तीनवटा प्रोजेक्ट अघि बढिसकेको जानकारी गराउनु भयो ।
रोटरी क्लव एडमिनिस्ट्रेशन कमिटीका अध्यक्ष रोटरीयन दया भण्डारीले रोटरीको वार्षिक कार्यक्रमका बारेमा जानकारी गराउनु भयो । उहाँले प्रोजेक्टलाई अझै प्राथमिकता दिएर काम गनुपर्नेमा जोड दिनु भयो । त्यसैगरी मेम्बरसिप कमिटी चेअर रोटरीयन लेखनाथ भुसाल, पब्लिक इमेज कमिटी चेअर रोटरीयन करुण खनाल, सर्भिस प्रोजेक्ट कमिटी चेअर रोटरीयन मधुप्रसाद अर्याल र द रोटरी फाउन्डेसन कमिटी चेअर रोटरीयन प्रज्वल थान्जुले आ–आफ्नो कमिटीको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।
बैठकमा क्लवका सचिव रोम शर्माले अघिल्लो वैठकमा भएको निर्णय र पदस्थापन कार्यक्रमको समीक्षाबारे जानकारी गराउनु भएको थियो ।
त्यस्तै बैठकमा प्रेसिडेन्ट इलेक्ट ताराप्रसाद उपाध्याय, क्लवका एजी रोटरीय हरि पौड्याल, एजी रोटरीयन राजेन्द्र लम्साल, रोटरीयन कृष्णप्रसाद अर्याल लगायतले सर्भिस प्रोजेक्टको विषयमा विभिन्न सुझाव दिर्नु भएको थियो । पहिलो बोर्ड बैठकले गरेका निर्णयहरु शनिबारको दोस्रो क्लव एसेम्बलीले अनुमोदन गरेको छ ।
