बुटवल १६ असार
सरकारले लकडाउन साउन ७ सम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रीपरिषदको सोमबार साँझ बसेको बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
असार १ गतेदेखि लकडाउन खुकुलो पारिएपनि संक्रमण बढिरहेको भन्दै यस्तो निर्णय गरिएको बताईएको छ ।यससंगै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको छ ।