Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ विदेशमा रहेका युवाहरुले गरे बालिकालाई सहयोग
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विदेशमा रहेका युवाहरुले गरे बालिकालाई सहयोग

संसारपोस्ट संवाददाता · ४ असार २०७७ · 0
विदेशमा रहेका युवाहरुले गरे बालिकालाई सहयोग
60
SHARES
ShareTweet

बुटवल, ४ असार । तिलोत्तमा नगरपालिका शिवपुरकी बलात्कृत ८ बर्षीय वालिकालाई बैदेशिक रोजगारीमा रहेका युवाहरुले आर्थिक सहयोग गरेका छन् । जेठ २४ गते उनीमाथि विभत्स तरिकाले बलात्कार भएको थियो ।
स्थानीय १४ वर्षियाले उनको मुखमा टेप लगाई बलात्कार गरी यौनाङ्गमा कोदालोको बिड राखिदिएका थिए । सो घटनाबाट यौनाङ्ग र मलद्वारमा गम्भिर क्षति भएकी बालिका अहिले बुटवलस्थित कदम नेपालको सेफ हाउसमा रहेकी छन् ।
उनलाई मकाउमा रहेका भोजपुरका मन्दिप रसाइली लगायतका युवाहरुले पत्रकार लक्ष्मण पोखरेलमार्फत राहत पठाएका छन् । सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा पीडित वालिकालाई नगद २५ हजार पठाइएको मकाउमा रहेका युवा रसाइलीले बताए ।
पत्रकार पोखरेलले प्रदेशसभा सदस्य थानकुमारी थापाको हातबाट पीडित परिवारमा राहत पुराएका हुन् । सो अबसरमा बोल्दै सांसद थापाले बलात्कार जस्ता जघन्य अपराधका घटना अन्त्यका लागि समुदाय नै सचेत बन्न आवश्यक रहेको बताउनुभयो । विद्यालय तहबाटै यस्ता घटनाको सचेतना बढाउदा हिंसाका घटना कम हुने उहांको भनाइ छ । छोरीलाई मात्रै होइन, छोराहरुलाई पनि यस विषयमा सचेत बनाउन आवश्यक छ, भन्दै सभासद थापाले प्रदेशसभा बैठकमा यस विषयमा आफूहरुले सरकारको ध्यानाकर्षण गराएको बताउनु भयो ।
पीडित वालिकाको परिवार बिपन्न रहेको छ । उनका बुवाले अर्की विहे गरेर टाढिएका छन् भने आमा डिप्रेसन बिरामीका कारण समस्यामा छिन् । दुई दिदी र एक भाई रहेको उनको परिवारमा दैनिक छाक टार्न समेत कठिन रहेको छ ।
बलात्कृतपछि बालिकाको उपचार भइरहेको छ । मलद्वार च्यातिएका कारण डाक्टरहरुले कोखबाट दिसा निकाल्ने उपाय अबलम्बन गरेका छन् । कदम नेपालकी अध्यक्ष इन्दिरा आचार्यका अनुसार उनको केही दिनपछि अप्रेसन गर्ने तयारी भैरहेको छ । पीडित बालिका १३ बर्षीय आफ्नी दिदी संगै सेफहाउसमा रहेकी छन् ।
उनका दिदीभाई कसैले पनि पढ्दैनन् । दिदीले कक्षा ३ पढ्दापढ्दै छाडेकी हुन भने पीडित बालिका कक्षा १ मा पढ्दै गर्दा छाडेकी हुन् । तिलोत्तमा नगरपालिका वडा नम्बर १० को झुपडी घरमा उनीहरुले रात काट्दै आएका छन् ।
मकाउका युवाले पठाएको आर्थिक सहयोग पीडित बालिकाको नाममा बैंक खाता खोली बैंकमा जम्मा गरिएको कदम नेपालकी अध्यक्ष आचार्यले बताउनु भयो ।

≪ Previous Post

नवलपुरमा एकै दिन ३१ जना नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या एक सय नजिक

Next Post ≫

आज मिति २०७७ आषाढ ५ गते शुक्रवार तदनुसार 19 june 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क