रामकुमार श्रेष्ठ
नवलपरासी, ४ असार । पूर्वी नवलपरासीमा विहीबार ३१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरमा मध्यविन्दु नगरपालिकाका १७ जना पुरुष, गैडाकोट नगरपालिकाका १ जना पुरुष, हुप्सेकोट गाउँपालिकाका ९ जना पुरुष र विनयी त्रिवेणी गाउँपालिकाका ४ जना पुरुष गरी ३१ जनामा संक्रमण देखिएको हो । यो संगै नवलपुरमा संक्रमितको संख्या ९७ जना पुगेको छ ।
मध्यविन्दु नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा विहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका १७ जना सबै भारतबाट आएका हुन् ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोख्रेलका अनुसार संक्रमितहुनेहरु सबै भारतको पन्जाव, सिमला, रत्नगिरी, मुम्बई र हैदरावादबाट आएका रहेका छन् ।
मध्यविन्दु नगरपालिकाको मध्यविन्दु ६ मा १ जना ४५ बर्षीय पुरुष, मध्यविन्दु ७ मा २१ र ४० बर्षका गरी २ जना पुरुष, मध्यविन्दु ८ मा २३ बर्षीय एक जना पुरुष र मध्यविन्दु ९ मा २३ बर्षीय एक जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यसैगरी मध्यविन्दु १३ मा ३०, ३५, १८, २५, ३४, २५, १९, १७, ३९, ३२, ४३ र २० बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
उनीहरुलाई विहीबार विहान नै रजहरको प्राकृतिक चिकित्सालय रजहरमा उपचारको लागि लगिएको पोख्रेलले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य रहेको समेत जनाइएको छ ।
त्यसैगरी हुप्सेकोट गाउँपालिकाका २९, २०, ३९, १९, ३०, ३३, ४०, २९, २९ बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
विनयी त्रिवेणीका २३, २६, ३१ र ३५ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा उपचारका लागि पठाउने तयारी भएको छ ।
हालसम्मको विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ । विहीबार विहान ९ बजे गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा. विनोद विन्दु शर्माले सार्वजनिक गर्नुभएको नयां संक्रमितहरुको विवरण अनुसार प्रदेशका ५ जिल्लामा ३० जना संक्रमित थपिएका छन् ।
उनीहरु स्याङ्जा आधिखोला र कालीगण्डकी गाउँपालिकाका दुई दुई जना, पर्वत कुश्मा नगापालिकाका १, फलेबास नगरपालिकाका २, जलजला गाउँपालिकाका १ जना छन् । तनहुंको ब्यास नगरपालिकाका ३, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिकाका ९, विनयीत्रिबेणी गाउम्पमलिकाका ४ र बाग्लुङ् गल्कोट नगरपालिकाका १ जना रहेका छन् ।


