Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलपुरमा एकै दिन ३१ जना नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या एक सय नजिक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरमा एकै दिन ३१ जना नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या एक सय नजिक

संसारपोस्ट संवाददाता · ४ असार २०७७ · 0
नवलपुरमा एकै दिन ३१ जना नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या एक सय नजिक
130
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, ४ असार । पूर्वी नवलपरासीमा विहीबार ३१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरमा मध्यविन्दु नगरपालिकाका १७ जना पुरुष, गैडाकोट नगरपालिकाका १ जना पुरुष, हुप्सेकोट गाउँपालिकाका ९ जना पुरुष र विनयी त्रिवेणी गाउँपालिकाका ४ जना पुरुष गरी ३१ जनामा संक्रमण देखिएको हो । यो संगै नवलपुरमा संक्रमितको संख्या ९७ जना पुगेको छ ।
मध्यविन्दु नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा विहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका १७ जना सबै भारतबाट आएका हुन् ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोख्रेलका अनुसार संक्रमितहुनेहरु सबै भारतको पन्जाव, सिमला, रत्नगिरी, मुम्बई र हैदरावादबाट आएका रहेका छन् ।
मध्यविन्दु नगरपालिकाको मध्यविन्दु ६ मा १ जना ४५ बर्षीय पुरुष, मध्यविन्दु ७ मा २१ र ४० बर्षका गरी २ जना पुरुष, मध्यविन्दु ८ मा २३ बर्षीय एक जना पुरुष र मध्यविन्दु ९ मा २३ बर्षीय एक जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यसैगरी मध्यविन्दु १३ मा ३०, ३५, १८, २५, ३४, २५, १९, १७, ३९, ३२, ४३ र २० बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
उनीहरुलाई विहीबार विहान नै रजहरको प्राकृतिक चिकित्सालय रजहरमा उपचारको लागि लगिएको पोख्रेलले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य रहेको समेत जनाइएको छ ।
त्यसैगरी हुप्सेकोट गाउँपालिकाका २९, २०, ३९, १९, ३०, ३३, ४०, २९, २९ बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
विनयी त्रिवेणीका २३, २६, ३१ र ३५ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा उपचारका लागि पठाउने तयारी भएको छ ।
हालसम्मको विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ । विहीबार विहान ९ बजे गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा. विनोद विन्दु शर्माले सार्वजनिक गर्नुभएको नयां संक्रमितहरुको विवरण अनुसार प्रदेशका ५ जिल्लामा ३० जना संक्रमित थपिएका छन् ।
उनीहरु स्याङ्जा आधिखोला र कालीगण्डकी गाउँपालिकाका दुई दुई जना, पर्वत कुश्मा नगापालिकाका १, फलेबास नगरपालिकाका २, जलजला गाउँपालिकाका १ जना छन् । तनहुंको ब्यास नगरपालिकाका ३, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिकाका ९, विनयीत्रिबेणी गाउम्पमलिकाका ४ र बाग्लुङ् गल्कोट नगरपालिकाका १ जना रहेका छन् ।

≪ Previous Post

आज मिति २०७७ आषाढ ४ गते बिहीवार तदनुसार १८ जून २०२०

Next Post ≫

विदेशमा रहेका युवाहरुले गरे बालिकालाई सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क