Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पाँच जनाको सामुहिक हत्याका अभियुक्त सिंजाली रहेको छानविन समितिको ठहर
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाँच जनाको सामुहिक हत्याका अभियुक्त सिंजाली रहेको छानविन समितिको ठहर

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०७७ · 0
पाँच जनाको सामुहिक हत्याका अभियुक्त सिंजाली रहेको छानविन समितिको ठहर
100
SHARES
ShareTweet



चरित्र हत्या गरेकाले सुनियोजित र आवेगमा हत्या गरेको स्विकारयुक्ति


बुटवल २८ जेठ
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मैनहियास्थित गंगादेवी पशु फार्ममा कार्यरत ५ जनाको विभत्र्स रुपमा गरिएको सामुहिक हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
तिलोत्तमा १० मैनहियाका कृष्णबहादुर पुनको फार्ममा कार्यरत ३ जना र स्थानीय २ जना गरी ५ जनाको सामुहिक हत्या गरेको अभियोगमा पक्राउ परेका सुर्खेत जिल्ला लेखबेशी नगरपालिका ५ घर भै सोही पशुफार्ममा काम गर्ने झसेन्द्र सिंजालीलाई प्रहरीले सार्वजिक गरेको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलमा बुधवार सार्वजनिक गरिएका अभियुक्त सिंजालीलाई जिल्ला अदालत रुपन्देहीबाट कर्तब्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरिएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका वरिष्ठ प्रहरी उपरीक्षक तथा उक्त घटनाको छानविन समितिका संयोजक राजकुमार बैदवारले बताउनु भयो ।
अभियुत्त सिंजालीलाई फार्ममा काम गर्ने रूपन्देहीको सैनामैना नगरपालिका ५ दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३७ वर्षीया जानकी मुसहर, फार्म संचालक कृष्ण पुनका धर्म छोरा रमेश भन्ने १६ वषिय पोषराज मुसहर, स्थानीय १५ वर्षिय करण चौधरी र १६ वर्षिय आशिष चौधरीको सामुहिक हत्या अभियोगमा छाविन समितिले सिजालीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
बिगत केहि समयदेखि नै आफुलाई ब्यक्तिगत चरित्रमा आँच लगाउने गरी चरित्र हत्या गरेको तथा मानसिक रुपमा चोट पुराउने काम गरेकाले हत्या गरेको प्रहरीको बयानमा स्वीकार गरेको पत्रकार सम्मेलनमा वरिष्ठ प्रहरी उपरिक्षक बैदवारले बताउनु भयो ।


हत्याको क्रममा पहिले लाठी प्रयोग गरी अचेत बनाएको र फरुवाले हानेर हत्या गएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अभियुक्त सिंजालीले केही दिन अगाडी मुसा मार्ने विष समेत किनेको प्रहरीको बयानमा बताएको प्रहरीले जनाएको छ । हत्या गर्ने दिन अभियुक्त सिंजालीले मदिरा सबेन गरेको बुझिएको छ । प्रहरीले घटनाका बिषयमा अनुसन्धान जारी राख्दै प्रहरी बिधि बिज्ञान प्रयोगशालामा पठाउनको लागि मृतकहरुको शरिरबाट भिषेरा र रगत निकाली परिक्षणको लागी पठाउने कार्य भैरहेको छ ।
मृतकहरुको शवलाई पोष्टमाटम पछि परिवारको जिम्मा लगाईएको छ ।
मृतकहरुले बिगत देखि नै आफुलाई ब्यक्तिगत चरित्रमा आक्षेप आउने गरी चरित्र हत्या गरेको र सो को बारेमा गाँउमा समेत चर्चा गरेकोले आफु बिक्षिप्त रहेको, मानसिक रुपमा चोट पुगेकोले मौका हेरी सबैलाई ठीक लगाउने सोच आई रहेकोमा उक्त दिनमौका मिलेको बताएको प्रहरीको छानविन प्रतिवेदनमा छ ।
त्यसैगरि उक्त दिन फार्ममा सबै जना बसी मादक पदार्थ सेवन समेत गर्दै कुराकानी गर्दा समेत सोही अनुरुप आफुलाई पुनः आक्षेप लगाएको हुदा आवेशमा आई घट्ना घटाएको प्रहरी समक्ष बताएको छानविन समितिको प्रतिबेदनमा उल्लेख छ ।
प्रहरीका अनुसार सिजालीले पाँचै जनाको हत्या गरि आफुले मुसाको विष सेवन गरि पुन जाँड खाएकोले वान्ता गरेको कारण मृत्यु हुनवाट बचेको समेत छानविन समितिले पत्ता लगाएको छ । अभियुक्त सिजालीले लागुऔषध गाँजा, मदिरा लगायतका वस्तु सेवन गर्ने गरेको र घटना घटाउने दिनमा सवैजनालाई गाँजा, मदिरा खुवाएको प्रहरीले बताएको छ ।
छानविन समितिमा संयोजक बैदवार सदस्यमा दगां प्रहरी गणका प्रहरी उपरिक्षक विकासराज खनाल , ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित राठौर रहनु भएको थियो ।घटना रहस्यमय भए जस्तो देखिए पनि प्रहरीले पक्राउ गरेको सिजालीले एक्लै पाँचैजनाको हत्या गरेको स्विकार गरेकाले हत्या सुनियोजित र आवेगमा भएको प्रहरीको ठमयाई रहेको छ ।

≪ Previous Post

नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ

Next Post ≫

श्रमिकका माग संबोधन गर्न जिफन्टद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क