Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बन्दाबन्दीमा पनि रोहिणीमा विकास निर्माणको काम सुचारु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बन्दाबन्दीमा पनि रोहिणीमा विकास निर्माणको काम सुचारु

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०७७ · 0
बन्दाबन्दीमा पनि रोहिणीमा विकास निर्माणको काम सुचारु
70
SHARES
ShareTweet

भैरहवा, १९ जेठ । नेपालमा बन्दाबन्दी (लकडाउन) भएको ७० दिन पुरा भएको छ । अर्थात ७० दिन देखि नेपालका अधिकांश उद्योग मात्र हैन विकास निर्माणका कार्य पनि ठप्प रहेका छन् । यस्तो अवस्थामा पनि रुपन्देहीको रोहिणी गाउँपालिकामा बिभिन्न बिकास निर्माणका कार्यहरु सुचारु रहेका छन् ।
रोहिणी गाउँपालिकामा पक्कि बाटो निर्माण देखि, सिंचाई परियोजना र अन्य विकास निर्माण कार्यहरुले निरन्तरता पाएका छन् । बन्दाबन्दीको समयमा अधिकांश कार्यालयका कर्मचारीहरु घर बसिरहेको अवस्थामा रोहिणी गाउँपालिकाका कर्मचारीहरु अहिले स्थलगत कार्यमा ब्यस्त छन् । रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको नेतृत्वमा गाउँपालिकाका कर्मचारी मात्र हैन जनप्रतिनिधि पनि सक्रिय रहेका छन् ।
बन्दाबन्दीको समयमा ठूलो मानिएका योजनाहरुलाई सम्पन्न गर्ने मनसायमा गाउँपालिका रहेको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताउनु भयो । उहांले अहिले पक्की बाटो, पिसिसी बाटो लगायतका कामहरुलाई निरन्तरता दिईएको र यो आर्थिक बर्षमा कम्तिमा ५० प्रतिशत पूंजिगत बजेट खर्च गर्ने योजना रहेको बताउनु भयो ।
अहिले रोहिणी गाउँपालिकामा दर्जन बढी पिसिसि सडक, ६ पक्की सडक र सिंचाई योजनाका काम धमाधम भई रहेका छन् । यस अघि नै उपभोक्ता समिति गठन भई लागत अनुमान समेत भई सकेका योजनाहरु र टेण्डर प्रक्रियामा गएका योजनाहरुलाई अगाडी बढाईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो ।
“यो परिस्थितिमा सत प्रतिशत काम गर्छौ भन्ने अवस्था छैन तर जति सकिन्छ त्यति काम गरेका छौं ।” न्यौपानेले भन्नुभयो ।


रोहिणी गाउँपालिका अध्यक्ष यादव अहिले आफै अनुगमन गरि कामको गुणस्तर र समयबारे सम्बन्धित पक्षलाई सचेत गराई रहनुभएको छ । उहांले १४ वटा कालोपत्रे सडकको टेण्डर भई ६ वटामा काम पनि भई रहेको जानकारी दिनुभयो । कोरोना महामारीलाई हेर्दै सामाजिक दुरी कायम गरेर कामहरु अगाडी बढाईएको उहांले वताउनु भयो । रोहिणी गाउँपालिकामा पनि कोरोना संक्रमितहरु देखिएको कारण सावधानी अपनाएर कामहरु भई रहेको उहांले वताउनु भयो ।
कोरोना महामारी छिट्टै निर्मुल हुने अवस्था नरहेकाले कोरोनाकै बिचमा रहेर यसबाट जोगिदै आफ्ना कामहरुलाई निरन्तरता दिनु पर्ने आवश्यक्ता रहेको गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डेले बताउनु भयो ।

≪ Previous Post

गण्डकी प्रदेशमा २७ जना कोरोना संक्रमित

Next Post ≫

दशगजामा भारतद्धारा भैरहेको सडक निर्माण कार्य अविलम्ब रोक्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क