Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योग ब्यवसाय धराशायी भएको भन्दै उद्योगी ब्यवसायी पुगे जिल्ला प्रशासन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योग ब्यवसाय धराशायी भएको भन्दै उद्योगी ब्यवसायी पुगे जिल्ला प्रशासन

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०७७ · 0
उद्योग ब्यवसाय धराशायी भएको भन्दै उद्योगी ब्यवसायी पुगे जिल्ला प्रशासन
100
SHARES
ShareTweet

उद्योग ब्यवसाय चलायमान गराउन लकडाउन खुकुलो वनाउन माग

बुटवल, १८ जेठ । रुपन्देही जिल्लामा क्रियाशिल विभिन्न ब्यवसायिक संघ संगठनले बिश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण उद्योग ब्यवसाय धराशायी भएको भन्दै लकडाउनलाई सहज वनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाएका छन् ।
बिगत ६८ दिन देखि देश बन्दाबन्दीको अवस्थामा रहेको, कोभिड–१९ को महामारीको संक्रमण आंकलन गर्न सक्ने अवस्था नरहेको र यही रुपमा बन्दाबन्दी अनिश्चित हुदै जादां उद्योग ब्यवसाय थप धराशायी हुने भएकाले उद्योग ब्यवसायलाई चलायमान गराउन लकडाउनलाई खुकुलो वनाउन माग गर्दै ब्यवसायिक संघ संगठनले ज्ञापन पत्र बुझाएका हुन् ।
रुपन्देहीका बुटवल, तिलोत्तमा, सैनामैना, देवदह र सिद्धार्थनगरमा ब्यवसायिक हकहितका लागि खोलिएका संघ संगठनका प्रतिनिधिहरुको तिलोत्तमा उद्योग वाणिज्य संघको सभाहलमा संघका अध्यक्ष गुणनिधि भण्डारी(माधव)को अध्यक्षतामा बसेको संयुक्त बैठकले लकडाउनलाई खुकुलो वनाउन साझा अवधारणा वनाई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएको हो ।
‘भारत जस्तो बिशाल जनसंख्या भएको राष्ट्रले समेत अर्थतन्त्रलाई चलायमान राख्नको लागि केही व्यवसायिक क्षेत्र खुल्ला गरेको तथ्य हामी सामु रहेको छ । तर्सथ, उद्योग ब्यवसायलाई थप धराशायी हुनबाट जोगाउन तथा उद्योग ब्यवसाय क्षेत्रमा संलग्न कर्मचारी तथा मजदुरको रोजगारी समेत सुनिश्चित गर्नको लागि कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी तथा अन्य संभाब्य उपायहरुको अबलम्बन गरी लकडाउनलाई केही खुकुलो बनाई बन्द उद्योग व्यवसाय सहज सञ्चालनको वातावरण निमार्णका लागि साझा धारणा तथा सुझाव प्रस्तुत गरेका छौ ।’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
उद्योगी ब्यवसायीहरुले बन्दावन्दीको अवस्थालाई केही खुकुलो वनाई उद्योग ब्यवसाय संचालनका लागि सहज वातावरण निर्माणका लागि संघ संगठनहरुले ५ बुंदे सुझाव सहितको माग प्रस्तुत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीलाई आईतबार बुझाईएको ज्ञापन पत्रमा खाद्यान्न, तरकारी तथा डेरीजन्य अतिआवश्यक वस्तु तथा सामान प्रत्येक दिन बिहान ६ बजे देखि ९ बजेसम्म बिक्री वितरणको व्यवस्था मिलाउन माग गरिएको छ ।
यस क्षेत्रका नगरपालिकालाई बोधार्थ सहित बुझाईएको ज्ञापन पत्रमा व्यक्ति–व्यक्ति (ग्राहक र उपभोक्ता) बिच प्रत्यक्ष सम्पर्क नहुने खाद्यान्न थोक तथा अन्य सबै प्रकृतिका व्यवसाय बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म सामाजिक दुरी कायम गरी नियमित सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
यस्तै बैंक तथा वित्तिय संस्थाहरु हप्ताको तीन दिन निश्चित समय अवधिका लागि मात्र सञ्चालन गर्दा भिडभाड बढेको र सेवा प्रवाहमा समेत समस्या देखिएकाले सामाजिक दुरी कायम गरी सबै बैंक तथा वित्तिय सँस्थाहरु नियमित सञ्चालन गर्ने व्यवस्था मिलाउन सुझाव दिईएको छ ।
रोजगारीको सिलसिलामा भारत गएका र अहिले कोरोना भाइरसको महामारीका कारण स्वदेश फर्किएका नेपाली नागरिकलाई सम्बन्धित नाकाबाटै सम्बन्धित जिल्लामा पठाउने व्यवस्था गर्न र सीमानाकाबाट आउने सबै प्रबासी नेपालीहरुको सीप तथा अनुभवको क्षेत्र समेत उल्लेख गरी लगत राख्ने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ । यसरी लगत राख्दा सहज परिस्थितिमा सीप भएका नागरिकलाई उनीहरुको सीप अनुसार स्थानीय उद्योग व्यवसायमा रोजगारीमा लगाउन सहज हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
उद्योगी ब्यवसायीहरुले कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिम तथा संक्रमणबाट बच्न र सबैलाई बचाउन व्यवसायिक संघ संस्था तथा सरोकारवाला निकायलाई नियमित रुपमा स्वास्थ्य सचेतना तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत सुझाव दिएका छन् ।

कोरोना भाइरस COVID 19 को जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अवलम्बन गरेको लकडाउनका सम्बन्धमा रुपन्देही जिल्लाका व्यवसायिक संघ संगठनहरुको तर्फबाट श्रीमान प्र्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई प्रदान गरिएको ज्ञापन पत्र

मिति २०७७।०२।१८
बिश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि बिगत ६८औं दिन देखि देश बन्दाबन्दीको अवस्थामा रहेको सर्वबिदितैछ । यस बिषम अवस्थामा कोभिड १९ को महामारीको संक्रमण आंकलन गर्न सक्ने अवस्था नरहेको हुदां यही रुपमा बन्दाबन्दी अनिश्चित हुदै जादां उद्योग ब्यवसाय थप धराशायी हुने निश्चित रहेको तथ्य हाम्रा सामु र्छलङ्ग जस्तै छ ।
भारत जस्तो बिशाल जनसंख्या भएको राष्ट्रले समेत अर्थतन्त्रलाई चलायमान राख्नको लागि केही व्यवसायिक क्षेत्र खुल्ला गरेको तथ्य हामी सामु रहेकोछ । तर्सथ, उद्योग ब्यवसायलाई थप धराशायी हुनबाट जोगाउन तथा उद्योग ब्यवसाय क्षेत्रमा संलग्न कर्मचारी तथा मजदुरको रोजगारी समेत सुनिश्चित गर्नको लागि कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी तथा अन्य संभाब्य उपायहरुको अबलम्बन गरी जारी लकडाउनलाई केही खुकुलो बनाई बन्द उद्योग व्यवसाय सहज सञ्चालनको वातावरण निमार्णका लागि रुपन्देही जिल्लाका व्यवसायिक संघ संगठनका साझा धारणा तथा सुझाव प्रस्तुत गरेका छौ ।
हाम्रा सुझावहरु मनन गरी उद्योग व्यवसाय सञ्चालनको वातावरण निर्माण हुने कुरामा हामी विश्वस्त र आशावादी छौँ ।
१. खाद्यान्न, तरकारी तथा डेरीजन्य अतिआवश्यक वस्तु तथा सामान प्रत्येक दिन बिहान ६ बजे देखि ९ बजेसम्म बिक्री वितरणको व्यवस्था मिलाउने ।
२. व्यक्ति – व्यक्ति (ग्राहक र उपभोक्ता) बीच प्रत्यक्ष सम्पर्क नहुने खाद्यान्न थोक तथा अन्य सबै प्रकृतिका व्यवसाय बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म सामाजिक दुरी कायम गरी नियमित सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
३.बैंक तथा वित्तिय संस्थाहरु हप्ताको तीन दिन निश्चित समय अवधिका लागि मात्र सञ्चालन गर्दा भिडभाड बढेको र सेवा प्रवाहमा समेत समस्या देखिएकाले सामाजिक दुरी कायम गरी सबै बैंक तथा वित्तिय सँस्थाहरु नियमित सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
४.रोजगारीको सिलसिलामा भारत गएका र अहिले कोरोना भाइरसको महामारीका कारण स्वदेश फर्किएका नेपाली नागरिकलाई सम्बन्धित नाकाबाटै सम्बन्धित जिल्लामा पठाउने व्यवस्था मिलाउने । तथा यसरी सीमानाकाबाट आउने सबै प्रबासी नेपालीहरुको सीप तथा अनुभवको क्षेत्र समेत उल्लेख गरी लगत राख्ने व्यवस्थाको लागि समेत अनुरोध गर्दछौ । कोभिड १९ को संक्रमण पश्चातको अवस्थामा ती नेपालीहरुलाई स्थानीय उद्योग व्यवसायमा उपलब्ध रोजगारीमा संलग्न गर्नको लागि यस प्रकारको व्यवस्थाले सहज हुने बिश्वास गरिएकोछ ।
५.कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिम तथा संक्रमणबाट बच्न र सबैलाई बचाउन व्यवसायिक संघ संस्था तथा सरोकारवाला निकायलाई नियमित रुपमा स्वास्थ्य सचेतना तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

श्री खिम बहादुर हमाल, अध्यक्ष
बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही

श्री कुल प्रसाद न्यौपाने, अध्यक्ष
सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही
श्री बाबुराम बोहरा, अध्यक्ष
रुपन्देही उद्योग संघ
श्री गुणनिधी भण्डारी, अध्यक्ष
तिलोत्तमा उद्योग बाणिज्य संघ
श्री यमलाल लोहनी, अध्यक्ष
रुपन्देही व्यापार संघ
श्री राज बहादुर क्षेत्री, अध्यक्ष
सैनामैना उ.वा.संघ, सैनामैना
श्री नारायण प्रसाद भण्डारी
उद्योग व्यापार संगठन, रुपन्देही
श्री जे.पि कडेंल, अध्यक्ष
तिलोत्तमा चेम्बर अफ कमर्श
श्री गोपाल प्रसाद ढकाल, अध्यक्ष
देवदह उद्योग वाणिज्य संघ
श्री गोबिन्द प्रसाद गैरे, बरिष्ठ उपाध्यक्ष
उद्योग व्यापार संघ, बुटवल
श्री गणेश प्रसाद भुसाल, द्धितिय उपाध्यक्ष
सैनामैना ब्यापार संघ,
श्री कोष बहादुर गुरुङ्ग, अध्यक्ष
देबदह व्यापार संघ

बोधार्थ,

१. श्री बुटवल उपमहानगरपालिका, बुटवल रुपन्देही
२. श्री सिद्धार्थनगर नगरपालिका, भैरहवा रुपन्देही
३. श्री तिलोत्तमा नगरपालिका, तिलोत्तमा रुपन्देही
४. श्री सैनामैना नगरपालिका, सैनामैना रुपन्देही
५. श्री देवदह नगरपालिका, खैरनी रुपन्देही

≪ Previous Post

पूर्वअर्थमन्त्री पौडेलद्धारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामाग्री हस्तान्त्ररण

Next Post ≫

कावासोतीमा बुहारीद्वारा सासुको हत्या : बुहारीलाई कर्तव्य ज्यान मुद्दा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क