मदन शर्मा
बुटवल, १५ जेठ । महिनावारी स्वच्छता दिवसको अवसरमा एक दिवसीय महिनावारी सचेतनामुलक कार्यक्रम गरिएको छ ।
कनेक्सन नेपाल र ईको कनेक्ट प्रा. लि.को आयोजना तथा रोटरी क्लव अफ ईटहरी, रोट्रयाक्ट क्लव अफ ईटहरी, रोट्रयाक्ट क्लव अफ कावासोती, युथ डेभलपमेन्ट सेन्टर (वाई डि सि), गल्र्स फस्र्ट क्याम्पेन लगायतको सहकार्यमा भएको पहिलो चरणको संवाद कार्यक्रममा महिनावारीको विषयमा जानकारी गराइएको हो ।
कार्यक्रममा महिनावारीसंग सम्बन्धित विभिन्न वैज्ञानिक तथ्य, यसका सकारात्मक तथा नकारात्मक पक्ष र हाम्रो देशको सुदुरपश्चिमी भेगमा अझै व्याप्त रहेको छाऊपडी जस्ता कुरितीका बारेमा जानकरी गराईएको थियो । साथै सहभागिको जिज्ञासा र चासोलाई वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.ईन्दिरा सत्याल, सामुदायिक स्वास्थ्य नर्स विशेषज्ञ मिना शर्मा, बाजुराको बुडि़नन्द नगरपालिकाकी उपप्रमुख श्रृष्टि रेग्मी र सामाजिक अभियन्ता सोफी मलिफेन्टले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश शाहले महिनावारीसंग सम्बन्धित यस्ता सचेतनामुलक कर्यक्रममा पछिल्लो समय युवपिढीको सक्रियता देखिएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यलाई निरन्तरता दिन सुझाउनुभएको थियो ।
ईको कनेक्ट प्रालिका सिईओ सुशिल कुमार कार्कीको सन्चालनमा भएको सो कार्यक्रम सामाजिक दुरीको पालना गर्दै ईन्टरनेटको माध्यमबाट सम्पन्न गरिएको थियो भने करिब १ सय जनाको सहभागिता रहेको थियो ।