Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोभिड १९को उपचार तथा नियन्त्रणमा वेवास्था गरेको भन्दै युनिभर्सल मेडिकल कलेजलाई कारवाहीको पत्र
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोभिड १९को उपचार तथा नियन्त्रणमा वेवास्था गरेको भन्दै युनिभर्सल मेडिकल कलेजलाई कारवाहीको पत्र

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७७ · 0
कोभिड १९को उपचार तथा नियन्त्रणमा वेवास्था गरेको भन्दै युनिभर्सल मेडिकल कलेजलाई कारवाहीको पत्र
130
SHARES
ShareTweet


बुटवल १० जेठ
रुपन्देहीको भैरहवामा संचालित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई सरकारले कारवाहीको चेतावनी सहित पत्र काटेको छ ।
प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले कारबाहीको चेतावनी दिँदै पत्र काटेको जनाएको छ ।
सरकारले अघि सारेको कोभिड १९ को उपचार तथा नियन्त्रणका योजनाहरु कार्यान्वयनमा कलेजले वेवास्ता गरेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले कोभिड–१९ का बिरामीलाई उपचार गर्ने क्रममा सो मेडिकल कलेजले आनाकानी गर्न सुरु गरेपछि मन्त्रालयले चेतावनीयुक्त पत्र काट्नु परेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले बताउनु भयो ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजसहित प्रदेशका सवै मेडिकल कलेजलाई कोभिड–१९ को व्यवस्थापनमा सहयोग गर्न भनिएको थियो ।
सो अनुसार उक्त कलेजलाई पनि कोभिड–१९ का बिरामीलाई उपचारमा जनशक्ति पठाउन र त्यहाँ छुट्याइएको २० बेडमा बिरामी भर्ना गर्न भनिएको थियो । तर कलेज अटेर गरेको छ ।
मन्त्रालयका अनुसार उक्त मेडिकल कलेजलाई तीन जना फिजिसियन कन्सल्ट्यान्ट, ६ जना मेडिकल अधिकृत र ९ जना नर्सिङ स्टाफ तोकि कोरोना विशेष अस्पतालमा खटाउन निर्देशन दिएको थियो । त्यसैगरी २० वटा वेड आइसोलेसन बेडको लागि छुट्याउनका लागि पनि भनिएको थियो । तर उक्त मेडिकल कलेजले अहिलेसम्म आइसोलेसन बेडमा बिरामी राख्न नचाहेको र जनशक्ति पनि नपठाएको डा. चौधरीले बताउनु भयो ।
मन्त्रालयले शुक्रवार काटेको पत्रमा निर्देशन अटेर गरेको हुँदा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजलाई प्रचलित कानुनका आधारमा कारवाही प्रकृया अघि बढाउने चेतावनी दिइएको उल्लेख छ ।
मेडिकल कलेजले चैत्र महिनामा मन्त्रालयले पत्राचार गर्दा कोभिड–१९ मा कलेजमै २० बेड छुट्याउने र जनशक्ति पनि पठाउने प्रतिबद्धता जनाएको थियो ।
सामाजिक विकास मन्त्रालयले कोरोना विशेष अस्पतालमा जनशक्ति खटाउन प्रदेशमा रहेका देवदह मेडिकल कलेज रुपन्देही, लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा, कोहलपुर मेडिकल कलेज बाँके र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा गरी ४ वटा नीजि क्षेत्रको मेडिकल कलेजसँग जनशक्ति माग गरेको थियो । नीजि क्षेत्रको उक्त स्वास्थ्य संस्थाले जनशक्ति परिचालन नगर्दा सेवा प्रवाहमा असहजता भएको मन्त्रालयले जनाएको छ ।

≪ Previous Post

रुपन्देहीमा एकै दिन ८ जनामा कोरोना पोजिटिभ

Next Post ≫

प्रदेश ५ को नीति तथा कार्यक्रम : स्वदेशी श्रम स्वदेशमा पसिना कार्यक्रम संचालन गरिने, कोरोना नियन्त्रणपछि मात्र प्रदेशको नाम र स्थायी राजधानी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क