Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमा बुद्ध ज्योति लायन्स क्लबमा नयाँ नेतृत्व
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा बुद्ध ज्योति लायन्स क्लबमा नयाँ नेतृत्व

संसारपोस्ट संवाददाता · २० बैशाख २०७७ · 0
तिलोत्तमा बुद्ध ज्योति लायन्स क्लबमा नयाँ नेतृत्व
70
SHARES
ShareTweet


बुटवल, २० बैसाख । तिलोत्तमा बुद्ध ज्योति लायन्स क्लबको तेस्रो वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । क्लबको शनिबार सम्पन्न वार्षिक साधारणसभाले वर्ष २०२०–२१ का लागि नारायणप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा केशरबहादुर थापा, द्वितीय उपाध्यक्षमा गंगाराज सापकोटा, तृतीय उपाध्यक्षमा देव कुंवर,ं सचिवमा कृष्णप्रसाद पन्थी र कोषाध्यक्षमा हिरा यादव चयन भएका छन् । यस्तै क्लब एड्मिनिस्ट्रेसनमा उपेन्द्र अधिकारी, सहसचिवमा विनोद भण्डारी, सहकोषाध्यक्षमा मेख कुंवर, मार्केटिङ कम्युनिकेसन चेयरपर्सनमा टोपराज शर्मा, मेम्बरसीप चेयरपर्सनमा राजेन्द्रप्रसाद शर्मा, टेल टुइस्टरमा दीपक अर्याल, टेमरमा करन राना चयन भएका छन् । यस्तै एलसीआईएफ कोअर्डिनेटरमा शोभाखर सुनार, क्लब सर्भिस चेयरपर्सनमा हिरा गिरी तथा डाइरेन्टरहरुमा रामप्रसाद पन्थी, कृष्णबहादुर पुन, हुतराज शर्मा,केशवराज पौडेल, आदर्श ज्ञवाली र बसन्त पाण्डे तथा सल्लाहकारमा शान्तकुमार कार्की चयन भएका छन् । साधारणसभामा क्लबका संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट) भक्तबहादुर खड्का र वर्तमान अध्यक्ष ज्ञानेन्द्र पोखरेलले नयाँ कार्यसमितिलाई सामाजिक र मानवीय सेवाका क्षेत्रमा रचनात्मक काम गर्न सुझाव दिनुभयो । क्लबले स्थापनाको दोस्रो वर्षमै तिलोत्तमाको उत्तरी प्रवेशद्वार योगीकुटीमा करिब २० लाख रुपैयाँ लागतमा लायन्स बुद्धज्योति स्मार्ट पार्क निर्माण गरेको छ । उक्त पार्कले सिक्सलेन सडक र तिलोत्तमा नगरपालिकाको सुन्दरीकरणमा महत्वपूर्ण योगदान पुगेको र क्लबको पहिचानका लागि दीर्घकालीन महत्व राखेको संस्थापक अध्यक्ष खड्काले बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीको कञ्चन गाउँपालिका क्षेत्रमा काठ तस्करी मौलायो

Next Post ≫

आज मिति २०७७ वैशाख २१ गते आइतवार तदनुसार ३ मई २०२०

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क