Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कोरोनाको कहर र सिक्नुपर्ने पाठ
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोनाको कहर र सिक्नुपर्ने पाठ

संसारपोस्ट संवाददाता · ५ बैशाख २०७७ · 0
कोरोनाको कहर र सिक्नुपर्ने पाठ
50
SHARES
ShareTweet

टीकाराम न्यौपाने



चिनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले आज संसार आक्रान्त बनेको छ । कोभिड १९ को कारणले विश्वभरबाट आजका मितिसम्म करिब एक लाख अड्तीस हजारभन्दा बढीको ज्यान गइसकेको छ भने करिब २० लाखभन्दा बढी मानिस कोरोना भाइसरबाट सङ्क्रमित भइसकेका छन् । विज्ञान र प्रविधिले युक्त विश्वका आर्थिक महाशक्ति भनाउँदा देशहरू समेत यो समस्याबाट आच्छु आच्छु भइरहेको वर्तमान अवस्थामा नेपाल समेत यो महामारीबाट अछुतो रहन सक्ने कुरै भएन । विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि धाउनुपर्ने नेपालीहरूको बाध्यताका कारण विदेशबाट फर्केकाहरूबाट यो महामारी नेपालमा दिनप्रतिदिन फैलिँदो अवस्थामा छ । महामारी रोकथामका लागि देशमा लकडाउन गरिएको छ । उद्योग, कलकारखाना, विद्यालय, कलेज र अन्य व्यापारिक केन्द्रहरू ठप्प छन् । यो महामारी सामाजिक र आर्थिक हिसाबले पनि निकै ठूलो समस्याको रूपमा देखा परेको छ । आज हामीले जे जस्ता समस्याहरू भोगिरहेका छौँ त्यो भन्दा बढी विकराल र कल्पना गर्न नसकिने अवस्था यहाँ भोलि सिर्जना हुन सक्छ ।
लकडाउनका कारण पछिल्लो रिपोर्ट अनुसार करिब दुई लाखभन्दा बढी निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू निर्माण स्थलमै फसेको अवस्था छ । पछिल्लो पटक दैनिक रूपमा काठमाडौँबाट बर्दियासम्म र पोखरादेखि झापासम्म १२÷१५ दिनसम्म हिँडेर मानिसहरू आफ्नो घरमा पुगेको अवस्था छ । त्यस्तै निकै ठूलो सङ्ख्यामा भारतका विभिन्न स्थानबाट मौसमी श्रमिकको रूपमा कार्यरत विशेष गरी पश्चिम नेपालका नेपालीहरू नेपाल फर्कने क्रममा लकडाउनका कारण नेपाल भारत सीमामा रोकिएका छन् । उनीहरू लकडाउनपछि नेपाल फर्केर घरपरिवारलाई भेट्न पाइने आशामा नेपाल भारत सीमा क्षेत्रमा क्वारेन्टाइनमा बसेका छन् । कति श्रमिक बीच बाटामै अलपत्र परेका छन् । कतिको काम छुटेको छ । यस्तो अवस्थामा भारतमा काम गर्न जाने श्रमिकको अवस्था अत्यन्तै नाजुक छ । कामविहीन बनेका र घर फर्कन चाहेका लाखौँको सङ्ख्यामा रहेका यी नेपालीहरूलाई महामारीले पारेको प्रभाव कस्ले बुभ्mने ?
चाहे निर्माण क्षेत्रमा कार्यरत श्रमिक हुन् वा नेपाल भारतको सिमा क्षेत्रको क्वारेन्टाइनमा रहेका नेपाली नै किन नहुन् । अर्कोतर्फ नेपालभित्रका धर्तीपुत्र किसानहरूको अवस्था उस्तै छ । मौसम अनुसार समय मिलेमा कोही नेपालीहरू निर्माण लगायतको क्षेत्रमा काम गर्छन् भने ठूलो संङ्ख्याका नेपालीहरू भारतका विभिन्न सहर लगायत विभिन्न क्षेत्रमा श्रमिकको रूपमा काम गर्छन् । जब आफ्नो गाउँठाउँमा खेतीपातीको समय आउँछ तब गाउँ फर्किन्छन् र कृषि पेसामा सरिक हुन्छन् । यसरी रोजीरोटीका लागि मौका अनुसार देशविदेश धाउने नेपालीहरूका लागि कोरोना भाइरस जीवनको एउटा कठोर कहर बनेको छ ।
हाल नेपालको राष्ट्रिय कूल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा कृषि क्षेत्रले ओगटेको छ । त्यसमा पनि हाम्रो कृषि प्रणाली निर्वाहमुखी र परम्परागत छ । उचित सिकाइ र आधुनिक कृषि रणनीतिको अभावमा कृषि क्षेत्र बल्ल बल्ल चलेको छ । आधुनिक कृषि प्रविधि, उन्नत बीउ विजन र रासायनिक मलको व्यवस्था हुन सकेको छैन । त्यसमा पनि बिउ विजन र रासायनिक मलको लागि पूर्ण रूपमा विदेशीको भर पर्नुपर्ने अवस्था छ । यस्तो परिस्थितिमा यो महामारी लम्बिँदै गएको खण्डमा देशमा भयावह र डरलाग्दो स्थिति आउने कुरालाई नकार्न सकिन्न ।
विश्वव्यापी कोरोना भाइरसको महामारीको कारणले अहिले नेपालमा मात्र होइन सम्पूर्ण विश्वका उद्योगधन्दाहरू बन्दको अवस्थामा रहेका छन् । त्यस्तै यातायातको साधनबाट ढुवानी गर्न सक्ने अवस्था पनि तत्काल देखिँदैन । त्यसैले हाम्रा कृषि श्रमिकहरू कोही लकडाउनमा त कोही क्वारेन्टाइनमा रहेको अवस्था छ । बीउ बिजनको अभाव र आफ्नै देशमा रासायनिक मलको उत्पादन नभएको र भारतबाट ल्याउन ढुवानीको समस्याले हाम्रो कृषि क्षेत्रको उत्पादनमा ठूलो ह्रास आउने देखिन्छ ।
कोरोना महामारीको कारणले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव परिसकेको छ । रोजगारीका लागि ठूलो सङ्ख्यामा नेपालीहरू विदेशमा कार्यरत छन् । नेपालीहरू कार्यरत देशहरू विशेषगरी मलेसिया, अमेरिका, बेलायत, कोरिया, जापान र खाडीमुलुक लगायत देशहरूमा अहिले महामारीको प्रकोप छ । जसले गर्दा विदेशमा कार्यरत नेपालीहरूको भविष्य अन्योलग्रस्त बनेको छ भने २५ प्रतिशत भन्दा बढी कुल ग्राहस्थ उत्पादनमा योगदान गरेको रेमिटान्स आउन बन्द हुँदै गए देशमा गरिबी र राज्यको ऋण बढ्दै जाने कुरामा कुनै शङ्का छैन ।
हाल भारत लगायत तेस्रो मुलुकमा आधिकारिक रूपमा करिब ७० लाखभन्दा बढी नेपालीहरू रोजगारीका लागि गएको अवस्था छ । कागजमा कृषि प्रधान देश भनिए पनि परम्परागत कृषि प्रणालीको कारण वार्षिक करिब २५ अरब सम्मको कृषि सामग्री बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । ठूलो सङ्ख्यामा नेपालीहरू मुलुक हाहिर रहँदा पनि यति धेरै रकमको कृषि उपज आयात गर्नुपर्छ भने सबै नेपाली देशमा फर्किएर यतै बस्न पर्ने अवस्था सिर्जना भए के होला ? यदि महामारीका कारण नेपालीहरू रोजगारीका लागि जाने देशहरूमा आर्थिक मन्दी छायो र नेपालीहरू रित्तो हात घर फर्कन बाध्य भए भने देशको अवस्था कस्तो होला ? हामी कल्पनासम्म गर्न सक्दैनौँ ।
जीवनमा सबैभन्दा ठूलो चुनौती भनेको भोक हो । भोकको समाधान हुन नसके कोरोनाको महामारीभन्दा ठूलो सङ्कट देशले भोग्नुपर्छ । यस्तो परिस्थितिमा अहिले देशका विभिन्न स्थानमा फसेर रहेका कृषि श्रमिकहरूलाई सुरक्षित किसिमबाट आआफ्नै ठाउँमा पु¥याएर कृषि कर्ममा लगाउनु बुद्धिमानी हुन्छ ।
हुन त अहिले छिटफुट रूपमा देशभित्रको बाँझो जमिनमा खेतीपाती गर्न प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू केही गाउँपालिका र नगरपालिकाले सुरु गरेका छन् । यही वैशाख २ गते गुल्मीको धुर्कोट गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र खाद्य सङ्कट आउन नदिन बाँझो जमिनमा खेतीपाती गर्न प्रोत्साहन स्वरुप भत्ताको व्यवस्था गर्ने स्वागतयोग्य निर्णय सार्वजनिक गरेको छ । गाउँपालिकाले बाँझो जग्गामा नगदेवाली गर्नेलाई प्रतिरोपनी तीन हजार, अन्नबाली लगाउनेलाई चार हजार र लकडाउनका बेला गाउँपालिकाबाट राहत स्वरूप खाद्यान्न प्राप्त गर्ने विपन्न परिवारले आफ्नो स्वामित्वमा रहेको जमिन वा भाडामा लिएर खेतीपाती गरेमा प्रतिरोपनी पाँच हजार रुपिँया दिने निर्णय गरेको छ । विपन्न परिवार र कृषकका लागि यसले पक्कै राहत महसुस गराउनेछ ।
त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समेत किसानले उत्पादन गरेको गहँुँ नबिकेमा प्रति क्वीन्टल तीन हजारका दरमा खरिद गरिदिने निर्णय गरेको छ । कोरोनाको महामारी फैलिएको बेला खाद्यान्नमा आत्मनिर्भर बन्न र उत्पादित अन्नको बिक्रीवितरण सुनिश्चित गर्न गरिएका यस्ता कार्यले कृषि क्षेत्रको विकासमा टेवा पुग्छ । यसका साथै देशैभरिका स्थानीय, प्रदेश र केन्द्र सरकार लगायत सम्बन्धित सबै निकायले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ । यदि समय र परिस्थितिलाई नजरअन्दाज गरेमा अहिले हामी जसरी कोरोना भाइरसको महामारीबाट पीडित छौँ । त्योभन्दा ठूलो महामारी भोलिका दिनमा भोकमरीको हुनेछ । सतर्क र सचेत बनौँ, कृषिमा आत्मनिर्भर बनौँ । (लेखक : दीप बोर्डि ङ स्कूल बुटवलका प्राचार्य हुनुहुन्छ । )

≪ Previous Post

नवलपुरमा २ सय १५ जनाको र्‍यापिड टेष्ट नेगेटिभ

Next Post ≫

कोरोना र लकडाउनलाई :अवसरमा बदलौँ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क