रामकुमार श्रेष्ठ
नवलपरासी, ५ बैशाख । पूर्वी नवलपरासीमा विहीबारसम्म गरिएको र्यापिड डाइग्नोष्टिक टेष्टमा सबै रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुर जिल्लामा विहीबारसम्म २ सय १५ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ । ती ति सबैमा रिपोर्ट नेगेटिभ आएको उहांले बताउनु भयो ।
त्यसैगरी नवलपुरमा अहिलेसम्म २९ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको चापागाईले बताउनु भयो । त्यसैगरी विहीबार थप पाँच जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको उहांले वताउनु भयो ।