Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रिपोर्टिङ्गमा खटिने पत्रकारका लागि विमाको माग
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रिपोर्टिङ्गमा खटिने पत्रकारका लागि विमाको माग

संसारपोस्ट संवाददाता · २८ चैत्र २०७६ · 0
रिपोर्टिङ्गमा खटिने पत्रकारका लागि विमाको माग
60
SHARES
ShareTweet


बुटवल, २८ चैत । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले कोभिड–१९ को रिपोर्टिङ्गमा खटिने पत्रकारका लागि स्वास्थ्य जोखिम विमाको माग गरेको छ ।
संघका रुपन्देही अध्यक्ष श्यामलाल पोखरेलले एक विज्ञप्ती जारी गर्दै आफ्नो स्वास्थ्यको प्रवाह नगरी रिपोर्टिङ्गमा खटिने पत्रकारका लागि कार्यविधि बनाई उचित विमाको व्यवस्था गर्न माग गर्नुभएको हो । संकटको अवस्थामा समेत रिपोर्टिङ्गमा जाने पत्रकारका लागि मिडिया हाउसले पिपिए, ग्लोव्स, मास्क जस्ता अति आवस्यकीय बस्तुहरुको ग्यारेन्टी गर्न समेत माग गरिएको छ । ‘संक्रमणको विषम अवस्थामा आवश्यकता अनुसार जोखिम मोलेर रिपोर्टिङ्ग गरिरहेका श्रम जीवि पत्रकारहरुका लागि रिपोर्टिङ्गको बेला आवश्यक पर्ने पिपिए, मास्क, ग्लोवस, सेनिटाइजर लगाएत अत्यावश्यकीय वस्तु सहज रुपमा उपलब्ध गराउन मिडिया हाउसहरुसंग प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देही माग गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।
संघले लाकडाउनका बेलामा बन्द रहेका मिडिया हाउसहरुका पत्रकारहरुलाई तलवी विदामा राख्न समेत अग्रह गरेको छ । ‘लकडाउनका बेला पत्रकारहरुले काम गरिरहेको मिडियामा काम नभएको अवस्थामा विदामा बसेका पत्रकारहरुलाई तलवी बिदामा राख्नसमेत संघ आग्रह गर्दछ ।’ भनिएको छ ।
रिपोर्टिङ्गमा खटिने पत्रकारलाई तलव सहित उचित भत्ताको व्यवस्था गर्न समेत संघले माग गरेको छ । विज्ञप्तीमा सरकारले गरेको लकडाउन तथा अन्य निर्देशनहरुलाई पालन गर्न सवैलाई आग्रह समेत गरिएको छ ।
लकडाउनको बेला राहतको लागि उठेको आर्थिक र भौतिक सामाग्रीमा अनियमितता भएको भन्ने विषयमा पत्रकारिताको पेशागत मर्यादा भित्र रहेर सत्यतथ्य समाचार बाहिर ल्याउन पनि संघले पत्रकारहरुलाई अनुरोध गरेको छ ।

≪ Previous Post

२०७६ साल चैत २८ गते शुक्रवारको राशिफल

Next Post ≫

तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क