बुटवल ४ फागुन
ग्याँस वोकेको वोलेरो पिक अप अनियन्त्रित भएर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । वोलेरोले मोटरसाईकिललाई ठक्कर दिदा रुपन्देहीको नयाँ मीलमा भएको घटनामा २ जना घाईते भएका छन ।
बुटवलवाट भैरहवा तर्फ जादै गरेको लु १ च ३८२६ नम्बरको वोलेरो गाडीले अनियन्त्रित हुदाँ सभिसलेनमा लु १९ प ५३६३ नम्बरको मोसालाई ठक्कर दिदा मोसा चालक, मोसापछाडी सवार र वोलेरो चालक गम्भिर घाईते भएका थिए । वोलेरो चालकको उपचारको क्रममा क्रिमशन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दागं जिल्ला घर भएका वोलेरो चालक वर्ष ३० को अस कुमार चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।
आईतवार दिउसो सवा चार वजे भएको दुर्घटनामा पाल्पा जिल्ला तिनाउ गाउपालिका १ का मोसा चालक वर्ष ४७ को कमल प्रसाद पोखरेल, मोसा पछाडी सवार वर्ष ३५ को कृष्ण खडका घाईते भएको प्रहरीले जनाएको छ । घाईते दुवै जनाको क्रिमशन अस्पतालमा उपचार भैरहेको छ ।