Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ दीप गायन ताराको नवौ संस्करण आईतवार देखि, हालसम्मका दीप गायन व्यवसायीक रुपमा स्थापित
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

दीप गायन ताराको नवौ संस्करण आईतवार देखि, हालसम्मका दीप गायन व्यवसायीक रुपमा स्थापित

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0
दीप गायन ताराको नवौ संस्करण आईतवार देखि, हालसम्मका दीप गायन व्यवसायीक रुपमा स्थापित
130
SHARES
ShareTweet

बुटवल, २ फागुन
विद्यार्थीमा रहेको अन्तरनिहित सांगीतिक क्षेत्रको गायन प्रतिभाको उजागर गर्ने गरि संचालित दीप गायन ताराको नवौ संस्करण यही फागुन ४ र ५ गते हुने भएको छ ।
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले ३९ औँ स्थापना दिवसको अवसरमा नवौँ अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता आयोजना गर्ने गरि तयारी पुरा गरेको शुक्रवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
विद्यालयले रुपन्देही जिल्ला भित्रका माध्यमिक विद्यालय (कक्षा १० सम्म) मा अध्ययनरत विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले गायन तारा प्रतियोगिता विगत ९ वर्ष अघि देखि संचालन गदै आएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।
दुई दिन चल्ने प्रतियोगितामा विना ट्रयाकमा सञ्चालन हुने फागुन ४ गतेको छनोट चरणबाट १५ जना दोस्रो चरणका लागि चयन हुने र ट्रयाक सहित सञ्चालन हुने दोस्रो चरणबाट फागुन ५ गते हुने अन्तिम चरणका लागि १० जना प्रतियोगीहरू छनोट हुने छन् । उक्त प्रतियोगितामा दीप गाएन ताराले ३० नगद हजारका साथ शिल्ड र प्रमाणपत्र, उपविजेताले १५ हजारका साथ शिल्ड र प्रमाणपत्र, तृतीय हुनेले १० हजारका साथ शिल्ड र प्रमाणपत्र तथा चतुर्थ हुने २ जनाले दुई÷दुई हजारका साथ शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छन् भने अन्तिम चरणमा समावेश यस बाहेकका अन्य ५ जना प्रतिस्पर्धीले समेत १÷१ हजारका साथ प्रमाणपत्र प्राप्त गर्ने र यसै अवसरमा विद्यालयले खेलकुद पत्रकारिता मार्फत् उल्लेख्य योगदान दिनुहुने एक जना पत्रकारलाई नगद रु. १० हजारसहित कदर पत्रका साथ सम्मान गर्ने कार्यक्रम समेत राखेको कुरा प्राचार्य न्यौपानेले बताउनुभयो । प्रतियोगितामा हालसम्म अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार र सक्सेस पाण्डे गरी जम्मा आठ जना कलाकार विद्यार्थी दीप गायन तारा बन्न सफल भएका छन् ।
उनिहरु सवै व्यवसायीक गायकका रुपमा स्थापित भएको पनि विद्यालयले जनाएको छ । प्रतियोगिता संचालन गर्न विद्यालयले ४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूको अध्यक्षता, उपाध्यक्ष उमाकान्त चापागाईं, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्ल टु संयोजक वसन्त कुमार जोशी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, गायन तारा प्रतियोगिता नवौँ संस्करणका संयोजक विकास हमाल सहभागिता रहेको कार्यक्रममा उपप्राचार्य कलाधर अर्यालले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।

≪ Previous Post

राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा,काँग्रेस रुपन्देहीद्धारा शोक व्यक्तगदै तीन दिन कुनै कार्यक्रम नगर्ने

Next Post ≫

प्राविधिक र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्न जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क