Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा,काँग्रेस रुपन्देहीद्धारा शोक व्यक्तगदै तीन दिन कुनै कार्यक्रम नगर्ने
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा,काँग्रेस रुपन्देहीद्धारा शोक व्यक्तगदै तीन दिन कुनै कार्यक्रम नगर्ने

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0
राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा,काँग्रेस रुपन्देहीद्धारा शोक व्यक्तगदै तीन दिन कुनै कार्यक्रम नगर्ने
120
SHARES
ShareTweet


बुटवल २ फागुन
नेपाली काँग्रेसरुपन्देहीका नेता तथा राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा शुक्रवार निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्याको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खाँनले बताउनु भयोे ।
नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बन्नुभएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि पार्टीमा आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो । विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएका उपाध्याय दुईपटक काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो ।
लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहनुभएका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा रहेका छन् ।
उहाँको लुम्बिनीमै अन्तिम संस्कार गरिएकोे प्रदेशसभा सदस्य खाँनले बताउनुभयो । यसै बीच काँग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य उपाध्यायको निधन प्रति नेपाली काँग्रेस रुपन्देहीले शोक व्यक्त गरेको छ । नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले शोक वक्तब्य जारी गर्दै स्वर्गीय नेता उपाध्यायको आत्माको चिर शान्तीको कामना र परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ । नेपाली काँग्रेस क्षेत्र नं. ५ का क्षेत्रीय सभापती तथा महाधिवेशन प्रतिनिधि समेत रहनु भएका राष्ट्रियसभा सदस्य उपाध्यायको निधनले पार्टीलाइ अपुरणीय क्षती पुगेको सभापती रज्जाकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । स्वर्गीय नेता उपाध्यायको निधनमा नेपाली काँग्रेस रुपन्देहीले सात दिन पार्टीको झण्डा आधा झुकाउनुका साथै तीन दिन सम्म कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने भएको छ ।
सभापती रज्जाकले नेता उपाध्यायको निधनले पार्टीलाइ अपुरणीय क्षती पुगेको भन्दै तीन दिन सम्म पार्टीले कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने र पार्टी कार्यालयमा सात दिन सम्म झण्डा आधा झुकाइने बताउनु भयो ।
२०४६ सालाको जनआन्दोलन देखि नै नेपाली काँग्रेसमा सक्रिय रहनुभएका उपाध्याय रुपन्देही क्षेत्र नं ५ मा दुइ पटक क्षेत्रीय सभपाती हुनुभयो । २०५४ सालमा साविकको मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७४ को माघमा उहा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उपाध्याय लुम्बिनी विकास कोषको कार्यकारीणी सदस्य समेत हुनुहुन्थ्यो । बुवा जंगीप्रसाद उपाध्याय र आमा सोनमती उपाध्यायका कोखबाट २०२६ सालमा जन्मनुभएका उपाध्याय केही समय यता क्यान्सर रोगबाट पिडीत हुनुहुन्थ्यो ।

≪ Previous Post

प्रदेश सरकारले गरेका काम देखाउन प्रदेश एक्स्पो

Next Post ≫

दीप गायन ताराको नवौ संस्करण आईतवार देखि, हालसम्मका दीप गायन व्यवसायीक रुपमा स्थापित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क