Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ पूर्वी नवलपरासीको दाउन्ने क्षेत्र ओझेलमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पूर्वी नवलपरासीको दाउन्ने क्षेत्र ओझेलमा

संसारपोस्ट संवाददाता · २० असार २०७६ · 0
पूर्वी नवलपरासीको दाउन्ने क्षेत्र ओझेलमा
50
SHARES
ShareTweet




नवलपरासी, २० असार । धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण भएर पनि पूर्वी नवलपरासीको दाउन्ने क्षेत्र ओझलमा परेको छ । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको दाउन्ने क्षेत्रमा भौतिक पूर्वाधारको अभाव र प्रचारप्रसारको कमीका कारण यो क्षेत्र ओझलमा परेको हो ।
दाउन्ने क्षेत्र पाल्पा राज्यका सेन वंशी राजाहरुको महत्वपूर्ण सामरिक क्षेत्रका रुपमा परिचित छ । तत्कालीन पाल्पा राज्यमा बिफर रोगले मानिसहरुको मृत्यु हुँदा दाउन्ने देवीको शिलामा पूजा गरेर रोग निको भएको जनविश्वास गरिन्छ । दाउन्ने देवीलाई तत्कालीन समयमा पाल्पा राजाहरुको इष्टदेवीका रुपमा लिइने गरिन्छ । दाउन्ने डाँडामा चण्डी पूर्णिमा, धान्यपूर्णिमा, वैशाखे पूर्णिमा, बालाचतुदर्शी, शिवरात्रि, श्रवणीमा ठूलो भीड लाग्ने गर्दछ ।
आन्तरिक र बाह्य गरी दाउन्नेमा वार्षिक एक लाख भन्दाबढी पर्यटक आउने गरेका छन् । प्राकृतिक सम्पदाले भरिपूर्ण दाउन्नेमा विशाल मन्दिर, टेलिभिजन प्रसारण केन्द्र, रेडियो नेपालको प्रसारण केन्द्र स्थापना भएका छन् । दाउन्नेमा बौद्ध गुम्बा, बौद्ध विद्यालयसमेत स्थापना भइसकेका छन् । दाउन्ने जङ्गलमा थुप्रै वनस्पति र वन्यजन्तु पाइन्छ ।
धार्मिक र ऐतिहासिक दृष्टिकोणले पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा, भारत र नेपालका थुप्रै ठाउँबाट यहाँ पूजा गर्न आउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । अग्लो टापुमा रहेको दाउन्ने पर्यटकीयस्थलको प्रशस्त सम्भावना बोके पनि प्रचारप्रसारको अभावमा पछि परेको स्थानीयवासी गुनासो छ । पूर्वी नवलपरासीमा दाउन्नेबाहेक, मौलाकालिका मन्दिर, त्रिवेणीधाम, गजेन्द्र मोक्ष दिव्य धाम, देवचुली, डाँडालगायतका थुप्रै धार्मिक एवम् पर्यटकीयस्थलहरु रहेका छन् । रासस

≪ Previous Post

गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योग कारवाहीमा

Next Post ≫

आजको राशिफल (२०७६ असार २२ आईतबार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क