Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नागरिकले प्रत्यक्ष अनुभव गर्न नसकेपनि प्रदेशसभाले विधि बनाउने काम गरेको छ: सभामुख घर्ति
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

नागरिकले प्रत्यक्ष अनुभव गर्न नसकेपनि प्रदेशसभाले विधि बनाउने काम गरेको छ: सभामुख घर्ति

संसारपोस्ट संवाददाता · १८ माघ २०७६ · 0
नागरिकले प्रत्यक्ष अनुभव गर्न नसकेपनि प्रदेशसभाले विधि बनाउने काम गरेको छ: सभामुख घर्ति
130
SHARES
ShareTweet

बुटवल १८ माघ
प्रदेश ५ सभामुख पूर्णबहादुर घर्तिमगरले राज्य र जनताप्रति उत्तरदायी हुनुपर्ने कुरालाई जोड दिनुभयो ।
प्रदेश स्थापना दिवसका अवसरमा संसदिय मामिला पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शनिवार बुटवलमा वोल्दै सभामुख घर्तिमगरले आफ्नो अनुभव सुनाउँदै राज्य र जनताप्रति उत्तरदायी हुनुपर्ने कामका दौरानमा अनुभव भएको खुलासा गर्नु भयो ।
मुलुक संघीयतामा गएपछि सबैका लागि नयाँ अनुभव र प्रदेश स्तरमा गरिएका संसदीय अभ्यासमा २ वर्षको अनुभव सुनाउँदै घर्तिले नेताहरुको प्रवृत्तिहरुमा समेत टिप्पणी गर्नुभयो ।
नागरिकले प्रत्यक्ष अनुभव गर्न नसकेपनि प्रदेशसभाले विधि बनाउने, सरकार र प्रतिपक्ष बिचको दुरी घटाउने र जनताका आवाजलाई मुखरित गर्ने काम गरेको सभामुख घर्तिले बताउँनुभयो ।
प्रदेशसभा पहिलो हुने दौडमा नलागेको तर अरुभन्दा राम्रो बनाउने काममा लागेको उहाँले बताउँनुभयो ।
नागरिकले प्रदेशसभाबाट गरेको अपेक्षा स्वभाविक भएको आलोचनात्मक सुझावलाई दिशा निर्देशको रुपमा लिएको उँहाको भनाई थियो ।
उपसभामुख कृष्णी थारुले अरुले के गरे भन्दा पनि प्रदेश ५ लाई कस्तो बनाउने भन्ने विषयमा संसदको ध्यान केन्द्रित भएको बताउँनुभयो । खुल्ला संसदको अवधारणाले नागरिकलाई संसदका कामप्रति भोक जगाउने काम गर्ने र छलफलबाट समस्याको समाधान हुने थारुले बताउँनु भएको छ ।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कानुन बनाउने भन्दा पनि कार्यान्वयन महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै धेरै र एकआपसमा बाझिएका कानूनका कारण कार्यान्वयनमा समस्या देखिएको बताउँनुभयो ।
अधिवक्ता महेन्द्र पाण्डेले प्रदेशसभा श्रृजनात्मक र मौलिकता हुन नसकेको टिप्पणी गर्दै नागरिकले प्रदेश ५ बाट गुणस्तरीयतासँगै आफ्ना आवाज बोल्ने ठाउं बनाउन खोजेका हुन तर त्यसो हुन नसकेको बताउँनुभयो ।
२०७४ साल माघ २१ गते पहिलो बैठक बसेको प्रदेश नं. ५ प्रदेशसभाले माघ २१ गतेलाई प्रदेशसभा स्थापना दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाउंदै छ । सोही अवसरमा संसदिय मामिला पत्रकार समाजले प्रकाशन गरेको प्रदेश सभा सदस्य परिचय पुस्तिकाको विमोचन गरिएको थियो । पुस्तकमा प्रदेश सांसदहरुको व्यक्तिगत विवरणहरु उल्लेख गरिएको छ ।

≪ Previous Post

यातयात व्यवसायीहरुमा रहेको आन्तरिक विवाद समाधान, व्यवसायीका समस्या समाधानमा सामुहिक भिडने प्रतिवद्धता

Next Post ≫

मेयर उपमेयर सहित सयौ किसानले उठाए ३६ मौजाको फोहर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क