Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ स्थानीय उत्पादनको बजारीकरण गर्न पर्वतमा पहिलो कोसेली घर
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

स्थानीय उत्पादनको बजारीकरण गर्न पर्वतमा पहिलो कोसेली घर

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
स्थानीय उत्पादनको बजारीकरण गर्न पर्वतमा पहिलो कोसेली घर
80
SHARES
ShareTweet

स्थानीय लघु तथा घरेलु उद्यमीहरुद्धारा उत्पादित सामाग्रीहरुको बजारीकरणका लागि कोसेली घर संचालन गरिएको छ ।

जिल्लाको मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमी तथा कृषकहरुद्धारा उत्पादित उपभोग्यीय बस्तुहरुको एकीकृत रुपमा बजारीकरण गर्नका लागि कोसेली घर अर्थात सौगात गृह संचालनमा ल्याईएको हो । मोदी गाउँपालिका वडा नं. २ पातीचौर बजारमा पसल संचालन गरिएको छ ।

स्थानीय घरेलु तथ साना उद्योगीहरुद्धारा उत्पादित बस्तु अल्लो तथा ढाकाको कपडा, जुत्ता, कोट, ज्वारीकोट, साडी, सिस्नो धुलो, लप्सी तथा अदुवाको अचार क्याण्डी, बाँसका मुडा लगायतका तयारी सामाग्रीहरु र कृषकहरुद्धारा उत्पादित तरकारी, मह, स्थानीय खसीबोका तथा कुखुरा लगायतको एकीकृत विक्रिवितरण गरी कृषकहरुलाई प्रत्यक्ष लाभ पु¥याउने उद्धेश्यले पसल संचालन गरिएको हो ।

गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र स्थानीय मोदी गाउँपालिकाको सहयोगमा गृह संचालनमा ल्याईएको हो । मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमीहरुको बाहुल्यता रहेको छ । उनीहरुले व्यावसायिक रुपमा विभिन्न बस्तुहरु उत्पादन गर्दै आएका छन् । अल्लो उत्पादनको प्रसस्त सम्भावना रहेको मोदीमा उत्पादित अल्लोका तयारी सामाग्रीहरु, ढाका, विभिन्न जडिबुटीहरु, फलफुल लगायतका सामाग्रीहरु विक्रि वितरणका लागि उद्यमी तथा कृषकलाई सहज होस् भनेर सौगात गृह संचालन गरिएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनुभयो ।

मोदी गाउँपालिकाले उद्यमीहरुको प्रवद्र्धनका लागि अघिल्लो आर्थिक वर्षमा रु २० लाख र चालु आर्थिक वर्षमा रु ५० लाख रुपैया बिनीयोजन गरेको थियो । सोहि रकमले उद्यमीहरुलाई ब्यावसायिक सिप विकासका लागि तालिम, प्रविधि र मेशीनहरु सहयोग गरेपछि घरेलु तथा लघु उद्यममा स्थानीयको आकर्षण बढेको गाउँपालिकाकी लघु उद्यम शाखा संयोजक सिता शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले गाउँपालिकाभित्र तीन सय भन्दा बढिको संख्यामा सक्रिय उद्यमी रहेका छन् ।

गाउँपालिकाका कुना कुनामा उत्पादित बस्तुहरु सौगात गृहमा ल्याएर छाडेपछि उद्यमीले तत्काल ५० प्रतिशत रकम पाउने र विक्रि भैसकेपछि सत्प्रतिशत रकम पाउने भएकाले सहज हुने भएको छ । मोदी गाउँपालिका भित्रको उत्पादनलाई पहिलो प्राथमिकता दिने र त्यहाँको उत्पादनले नपुगेमा अन्य क्षेत्रमा उत्पादित सामाग्री खरिद गरेर विक्रि गरिने संचालन चन्द्र विकले जानकारी दिए ।

≪ Previous Post

प्रदेशका विकास योजनामा केन्द्रीय सरकारको हस्तक्षेप

Next Post ≫

सिसि क्यामेराको निगरानीमा रोल्पा सदरमुकाम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क