Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज विश्वकर्मा पुजा : मेसिन तथा फलामको पुजा गरी मनाईदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज विश्वकर्मा पुजा : मेसिन तथा फलामको पुजा गरी मनाईदै

संसारपोस्ट संवाददाता · १ आश्विन २०७६ · 0
आज विश्वकर्मा पुजा : मेसिन तथा फलामको पुजा गरी मनाईदै
100
SHARES
ShareTweet


बुटवल, १ असोज । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरी मनाईदै छ ।
विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् ।
आज सवारी साधन मेसिनहरुको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।
आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गर्ने गर्दछन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापताका लगाएर रंगीन बनाएर पुजा गरिन्छ ।
बिषेश गरेर आज श्रम, शिल्प र साधनाका अधिष्ठाता देवता विश्वकर्माकर्माको पूजा गरिन्छ । यसैको प्रतिकस्वरुप धातु तथा धातुबाट बनेका यन्त्र उपकरणको सरसफाइ, मर्मतसम्भार र पुजाआजा गरिदैछ । उद्योगधन्दा, कलकारखाना, मोटर गाडी लगायतका उपकरण आज पुजाआजा गरेर मात्र संचालन गरिन्छ ।
पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् । आज पूजा गरिएको मूर्तिलाई भोलि बिहान नजिकैको खोला वा नदीमा लगि बिसर्जन गरेपछि विश्विकर्मा पूजा समापन हुन्छ ।
विश्वकर्मा पुजाकालागि आज बुटवलको सिद्धबाबा, नवलपरासीको दाउन्ने, दाङको मुसोट लगायतका क्षेत्रका मन्दिरमा सवारी साधनको पुजा गराउन यातायात ब्यवसायी तथा मजदुरहरुको बिषेश भिड लाग्ने गर्दछ । आजको दिनमा बिश्वकर्मालाई खुशि पार्न सकेमा बर्ष भरी फलिफाप हुने जनबिश्वास रही आएको छ ।
यो पूजा विशेष गरी मधेशी समुदायले धुमधाम र तामझामका साथ मनाउने गर्दछन् । फलामको क्षेत्रमा काम गर्ने मजदुरहरुलाइ आजका दिन बिदा पनि दिने चलन छ ।

≪ Previous Post

२०७६ साल आश्विन १ गते बुधवारको राशिफल

Next Post ≫

टाटा मोटर्स पाटर्सको बुटवलमा आधिकारीक विक्री शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क