Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

संसारपोस्ट संवाददाता · २७ पुष २०८२ · 0
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
70
SHARES
ShareTweet

बुटवल । नेपाल यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा बुटवल यातायात प्रा.लि.का संचालक कबिन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन ।
महासंघको दोस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनमा बुद्ध भूमी ट्याक्सी सेवा प्रा.लि.का गोबिन्द बहादुर कुवरलाई ७ मतले पराजित गरि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन ।

शनिवार भएको निर्वाचनमा श्रेष्ठले २३ र कुवरले १६ मत प्राप्त गरेका थिए । यस्तै महासंघको सचिव पदमा २३ मत प्राप्त गरि बिजय कुवर निर्वाचित भएका छन । कुवरले राम प्रसाद खनाललाई पराजित गरेका हुन । ४० जना मतदाताले मतदान गरेको निर्वाचनमा खनालले १६ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्ष र सदस्य पदका सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी दिए ।
निर्वाचन समितिका अनुसार महासंघको कोषाध्यक्षमा एजाज वारिस तथा सदस्यमा राम बहादुर शाही, बिष्णु बहादुर खत्री, खडक बहादुर गुरुङ्ग, नरिनारायण घिमिरे, मोहम्मद सहिद मुसलमान र सुनिल गदाल निर्विरोध निर्वाचित भएका छ्न ।
यसअघि साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै नेपाल यातायात ब्यवसायी महासंघका उप महासचिव शम्भु प्रसाद रिजालले यातायात ब्यवसायलाई स्वच्छ प्रतिस्पर्धा मार्फत सम्मानित र मर्यादित गराउनुपर्ने बताए । उनले जनजीवनलाई चलायमान बनाउने, व्यापार, पर्यटन र रोजगारी सिर्जना गरि देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको यातायात ब्यवसाय ब्यवसायीहरुकै अस्वस्थ प्रतिष्प्रधाका कारण मर्यादित हुन नसकेको औल्याए ।
महासंघ लुम्बिनी प्रदेशका संयोजक सन्जिव रोक्काको अध्यक्षतामा भएको साधारण सभामा महासंघका केन्द्रिय सदस्य रबिन्द्रमान श्रेष्ठ, प्रदेश सचिव दीपक प्रसाद श्रेष्ठ, बुटवल यातायात प्रा. लि.का सल्लाहकार डिल बहादुर थापा, पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.का रामचन्द्र भुसाल लगायतले बोल्दै अव्यवस्थित नीति र कार्यान्वयन पक्षमा कमजोरी, ऐन–नियम स्पष्ट भए पनि प्रभावकारी कार्यान्वयन नहुने, सडक पूर्वाधारको अभाव, सवारी दुर्घटनाको उच्च जोखिम तथा इन्धन र सञ्चालन लागत वृद्धि यातायात क्षेत्रका प्रमुख समस्या र चुनौती भएको बताए ।

≪ Previous Post

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

Next Post ≫

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क