तिलोत्तमा । सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि काम गर्दै आईरहेको किवानिज क्लव अफ रुपन्देही लुम्बिनीको आठौं साधारण सभाबाट क्लवको अध्यक्षमा गोबिन्द भुसाल सर्वसम्मत चयन हुनुभएको छ ।
एक बर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शुक्रवार एक कार्यक्रमकाबिच पदस्थापन गरिएको छ ।
बर्ष २०२४/०२५ का अध्यक्ष डा. अमित के सीले बर्ष २०२५/२६ का अध्यक्ष गोबिन्द भुसाल र निवर्तमान कोषाध्यक्ष निरन्जन धितालले वर्तमान कोषाध्यक्ष रुस्तम कडेललाई पदस्थापन गराउनु भयो ।
पदस्थापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले विभिन्न क्लवहरुले गरेका सामाजिक गतिविधिका कारण तिलोत्तमा नगरको गरिमा बढेको र क्लवहरुसंग सहकार्य गरेर काम गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
क्वलहरुको उद्देश्य हरेक माध्यमबाट समाजसेवा गर्नु रहेको र राजनीति कर्मी र जनप्रतिनिधिको उद्देश्य पनि समाजसेवा गर्नुरहेकाले समाजको विकासमा क्लवहरुको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहांले तिलोत्तमा नगरलाई अटिजम मुक्त बनाउने क्लवको अभियानमा नगरपालिकाको साथ र सहयोग रहने बताउदै तिलोत्तमालाई आशा, सम्भावना र अवसरका शहरकारुपमा विकास गर्न क्लवहरुको साथ सहयोग र सक्रियताको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष डा. अमित के सी ले एक बर्षको कार्यकालमा क्लवका सदस्यहरुबाट आर्थिक संकलन गरी तिलोत्तमा नगर क्षेत्रमा रहेका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्न, स्टेशनरीलगायतका शैक्षिक सामाग्री प्रदान गरिएको बताउनुभयो । उहांले आफ्नो कार्यकालमा सहयोग गर्ने क्लवका संस्थापक अध्यक्ष दिपेश शाही, पूर्व अध्यक्ष मनोज आचार्य सहित कार्यसमितिका पदाधिकारी र सस्यहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले क्लवको नवनिर्वाचित समितिको कार्यकाल र क्लवले अगाडि सारेका कार्यक्रम सफल बनाउन सस्थागत र ब्यक्तिगत रुपमा लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा किवानिज क्लवका लुम्बिनी प्रदेश अध्यक्ष अमनमान श्रेष्ठले क्लवका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई क्लवको उद्देश्य सहित पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो । साथै उहाले सामाजिक क्षेत्रमा सेवामुलक कार्यगर्नेमा किवानिज क्लव रुपन्देही देशभरमै पहिलो क्लव रहेको बताउनु भयो ।
क्वलका नव निर्वाचित अध्यक्ष गोबिन्द भुसालले क्लवका अग्रजहरुले गर्दै आइरहेको सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिदै तिलोत्तमालाई अटिजम मुक्त नगर बनाउने प्रतिवद्धता जनाउनुभयो ।
क्वलका पूर्व अध्यक्ष सुरज पङ्गेनीले किवानिज क्लवले रुपन्देहीमा उदाहरणिय कार्य गर्दै आइरहेको र नवनिर्वाचित टिमले कार्यकाललाई अवसर र चुनौतिको रुपमा लिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा हरियाली पार्क तिलोत्तमाका अध्यक्ष दिपक पाठक, क्लवका द्वित्तिय उपाध्यक्ष इश्वरी पान्डे, अनुगमन समिति सयोजक रुस्तम कडेल, सहसचिव रोम गैरेलगायतले बोल्दै सामाजिक क्षेत्रमा कृयाशिल क्लवले आगामी दिनमा शिक्षा र सामाजिक क्षेत्रमा आफ्नो कृयाशिलता बढाउनुपर्ने बताउनुभयो । क्लवका अध्यक्ष गोबिन्द भुसालले वसन्त गोदार र बिष्णु पौडेललाई नया सदस्यका रुपमा स्वागत गर्नुभएको क्लवका सचिव रोम गैरेले जानकारी गराउनुभयो ।