Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज राति खग्रास चन्द्रग्रहण
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

आज राति खग्रास चन्द्रग्रहण

संसारपोस्ट संवाददाता · २२ भाद्र २०८२ · 0
आज राति खग्रास चन्द्रग्रहण
40
SHARES
ShareTweet

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज(आइतबार) खग्रास चन्द्रग्रहण लाग्दैछ । नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

पञ्चाङ्गहरूका अनुसार १० ः ११ मा ग्रहण स्पर्श, ११ ः १५ बजे सम्मीलन, ११ ः ५६ बजे मध्य, १२ ः ३८ बजे उन्मिलन र १ ः ४१ बजे मोक्ष हुनेछ । नेपाल, भारतसहित एसियाका धेरै देशबाट यो ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने खगोलशास्त्री प्रा.डा. जयन्त आचार्यले जानकारी दिए ।

फलित ज्योतिशास्त्रअनुसार मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशि भएकालाई ग्रहण नहेर्न निर्देश गरिएको छ । अन्य राशिकाले भने हेर्न सक्ने बताइएको छ । मेष राशि भएकालाई लाभ, वृषलाई सुख, मिथुनलाई माननाश र कर्कटलाई कष्ट फल रहेको बताइएको छ । यस्तै सिंहलाई स्त्री पीडा, कन्यालाई सुख, तुलालाई चिन्ता र वृश्चिकलाई व्यथा फलादेश गरिएको छ । धनुलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएकालाई व्यय फल प्राप्त हुने बताइएको छ ।

शतभिषा र पूर्वाभाद्रपदा नक्षत्र र कुम्भ राशि भएकालाई यो ग्रहणले अति कष्ट दिने पञ्चाङ्गमा उल्लेख छ ।

पौराणिक मान्यताअनुसार ग्रहणको केही समयअघिदेखि सुतक लाग्छ । दिउँसो १ः११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ । चन्द्रग्रहण अवधिमा मन्त्रजप र हवनजस्ता कार्य गर्न निर्देश गरिएको छ । शयन, खानपिन तथा मैथुन जस्ता कार्यलाई निषेध गरिएको छ ।

यो वर्ष फागुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने पञ्चाङ्गमा उल्लेख छ । थाहा खबरबाट

 

≪ Previous Post

करिव ७ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Next Post ≫

आज देखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क