Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कल्याणकारी सहकारीले मनायो रजत जयन्ती, उत्पादनशिल क्षेत्रमा क्रियाशिल हुने प्रस्ताव पारित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कल्याणकारी सहकारीले मनायो रजत जयन्ती, उत्पादनशिल क्षेत्रमा क्रियाशिल हुने प्रस्ताव पारित

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८२ · 0
कल्याणकारी सहकारीले मनायो रजत जयन्ती, उत्पादनशिल क्षेत्रमा क्रियाशिल हुने प्रस्ताव पारित
110
SHARES
ShareTweet

बुटवल । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा रहेको कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्था स्थापनाको २५औं वार्षिक साधारणसभा तथा रजत जयन्ती मनाएको छ ।
रजत जयन्तीसँगै सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्ने र सदस्यहरुलाई उद्यमशिल बनाउने प्रस्ताव पारित गरेको छ ।
शनिबार बुटवलमा सम्पन्न सहकारीको साधारणसभाले बहुउद्देश्यीय कार्य अन्तरगत तेल मिल र कुटानी पिसानी मिल संचालनकालागि सेड लगायतका भौतिक पुर्वाधार निर्माण गर्ने र सहकारीलाई उत्पादनक्षेत्रमा क्रियाशिल बनाउने प्रस्तावलाई पारित गरेको संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले बताउनुभयो । उहाँले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रमलाई निरन्तरता दिदै धितो लगानीको अधिकतम सीमा २५ लाख कायम गर्ने प्रस्तावलाई साधारणसभाले पारित गरेको जानकारी दिनुभयो ।
यसअघि साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघ लेखा सुपरीवेक्षण समितिका संयोजक भिमप्रसाद तुलाचनले सहकारी ऐन सहकारी मैत्री नभएको गुनासो गर्नुभयो । उहाँले सहकारी ऐनलाई सरकारपिच्छे परिवर्तन गर्ने र सोनियमबाट संचालन हुँदै आएका सहकारीहरुलाई सरकारले नियन्त्रण गर्ने कानुन ल्याउदा सहकारीमा समस्या देखिने गरेको बताउनुभयो । उहाँले सहकारी नीति बदलिदो परिबेश अनुसार हुनुपर्ने उल्लेख गर्दै तीन तहका सरकारको सहकारी नीति फरक भएका कारण सहकारीमा अन्यौलता सृजना हुने गरेको बताउनुभयो ।
कल्याणकारी सहकारीका उपाध्यक्ष डोलराज पाण्डेको स्वागतमा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्त ढकाल, सहकारी संघका महासचिव दामोदर पंगेनी, इन्दे्रणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्याललगायतले सहकारीहरुलाई सोनियममा संचालनको वातावरण सृजना गरिदिनु पर्ने उल्लेख गर्दै पछिल्लो समय सहकारी विभागले ल्याएको निर्देशन सहकारीमैत्री नभएको टिप्पणी गर्नुभयो ।
संस्थाका सचिव कृष्णप्रसाद ज्ञवालीको संचालनमा भएको कार्यक्रममा संस्थाका संस्थापक तथा पुर्व अध्यक्ष, कर्मचारी, जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । यस्तै ७० वर्ष पुरा भएका ५ जना शेयर सदस्यहरुलाई एक पटकका लागि जनही ६ हजार नगद पेन्सन सहित सम्मान गरिएको थियो । एक हजार तीन सय नौ जना शेयर सदस्य रहेको सहकारीको निक्षेप संकलन २४ करोड ९४ लाख, कर्जा लगानी २४ करोड १५ लाख १४ हजार र कुल सम्पत्ति ३१ करोड ७७ लाख २८ हजार रहेको कोषाध्यक्ष टंककुमार खड्काले जानकारी दिनुभयो ।

 

≪ Previous Post

रुपन्देहीका सबै पालिकामा भोलि शोक विदा, विद्यालय र गैरसरकारी संस्था बन्द

Next Post ≫

भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई लुम्बिनी भ्रमणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क