बुटवल । रोटरी क्लव अफ बुटवलले आफ्नो मातृत्वमा स्थापना गरेको विभिन्न सात वटा ईन्ट्रयाक्ट क्लवको एकसाथ पदस्थापन गराएको छ ।
पदस्थापन संगै ईन्ट्रयाक्ट क्लवमा सहभागि सदस्यहरुलाई नैतिकशिक्षा र ईम्पावर रोटरी युथ लिडरको तालिम समेत प्रदान गरेको छ । नैतिक शिक्षाको वारेमा १००८ स्वामी लोकानन्द महाराजले सहजीकरण गर्नुभएको थियो भने युथ लिडरसिपको वारेमा रोटरीयन राजेन्द्र लम्सालले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
१००८ स्वामी लोकानन्द महाराजले नैतिक शिक्षाले मानव जगतलाई सत्मार्गमा लाग्नकालागि प्रेणा मिल्ने धारणा राख्नु भयो । उहांले सोही प्रेरणाको माध्यमले मानव जीवनलाई वैभवशाली बनाउन मद्दत गर्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी नगर उपप्रमुख सावित्रा अर्यालले रोटरी क्लब अफ बुटवलले अगाडी बढाएका ईन्ट्रयाक्ट क्लवमा लाग्नेहरुको नेतृत्व विकास क्षमता अभिबृद्धि हुने बताउनुभयो । उहांले बुटवल उपमहानगरपालिकाले वालवालिका संग उपप्रमुख कार्यक्रम अगाडी बढाएको बताउदै गरिबी र अभावमा रहेका वालवालिकाहरुसंग पुग्न र उनीहरुलाई सहयोग गर्न ईन्ट्रयाक्ट क्लवका सदस्यहरुलाई आह्वान गर्नुभयो ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्णप्रसाद पराजुलीले कार्यक्रमको उपादेयता वारे प्रकाश पार्नुभएको थियो । अध्यक्ष पराजुलीले आफ्नै क्लवको मातृत्वका रुपमा स्थापना गरिएको ईन्ट्रयाक्ट क्लवका विद्यार्थीहरुको नेतृत्व विकास गरी देशका सक्षम कर्णधार बनाउन यस्ता कार्यक्रम जोड्दै जाने बताउनु भयो ।
संम्युक्त पद हस्तान्तरण कार्यक्रममा ईन्ट्रयाक्ट क्लब होराईजन, ईन्ट्रयाक्ट क्लब दीप, ईन्ट्रयाक्ट क्लब अक्सफोर्ड, ईन्ट्रयाक्ट क्लब क्यानन, ईन्ट्रयाक्ट क्लव पामिर, ईन्ट्रयाक्ट क्लव होराईजन जिबिएस र ईन्ट्रयाक्ट क्लव अफ बुटवल रहेका थिए । विशेष गरी १२ देखि १८ वर्ष उम्मेरका विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई ईन्ट्रयाक्ट क्लबमा सहभागिता गराईएको रोटरी क्लव अफ बुटवलका सचिव शिवकुमार ज्ञवालीले बताउनु भयो । कार्यक्रममा रोटरीका पास्ट डिष्ट्रिक गर्भनर राजेन्द्र ध्वजु, रोटरी क्लव अफ बुटवलका निवर्तमान अध्यक्ष प्रज्वल थान्जु, पूर्व अध्यक्षहरु, पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको युथचियर संयोजक डीआर पन्थीले जानकारी गराउनुभयो ।
