Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी दुर्घटना : ५०६ जनाको मृत्यु, ५ हजार ६९१ जना घाइते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी दुर्घटना : ५०६ जनाको मृत्यु, ५ हजार ६९१ जना घाइते

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८२ · 0
लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी दुर्घटना : ५०६ जनाको मृत्यु, ५ हजार ६९१ जना घाइते
150
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परि ५०६ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०\०८१ मा सवारी दुर्घटनामा परि ४९६ जनाको मृत्यु भएकोमा गत आर्थिक वर्ष २०८१\०८२ मा ५०६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
जुन अघिल्लो वर्षभन्दा ९ जना बढी हो । गत वर्ष दुर्घटनामा परी ५ हजार ६९१ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले आइतबार पत्रकार सम्मेलन गरि उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँच र कारबाहीलाई तीव्र बनाई रहँदा सवारीसाधन दुर्घटनाका घटनामा भने वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०\०८१ मा १ हजार १२० सवारीसाधन दुर्घटना भएकोमा गत आर्थिक वर्ष २०८१\०८२ मा भने ३ हजार ४७९ वटा सवारीसाधन दुर्घटनामा परेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।
अघिल्ला वर्षहरूमा मध्यम र गम्भीर दुर्घटनाका घटनालाई मात्र तथ्यांकमा समावेश गर्ने गरिएकोमा गत आर्थिक वर्षमा सामान्य दुर्घटनाको तथ्यांक समेत समावेश गरिएकोले संख्या बढी देखिएको उहांको दाबी ।
लुम्बिनी प्रदेशमा एक वर्षमा सवारी नियम उल्लंघन गरी सञ्चालन भएका सवारी साधनबाट १७ करोड ८३ लाख ८३ हजार ४११ रुपैयाँ जरिवाना संकलन भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल मार्फत आर्थिक वर्ष २०८१\०८२ मा प्रदेशका १२ वटै जिल्लामा गरिएको जाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने १ लाख ७० हजार ८० वटा सवारीसाधनबाट उक्त जरिवाना संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
संकलित जरिवाना रकम अघिल्लो आर्थिक वर्ष २०८०\०८१ को भन्दा ४१ लाख ४५ हजार ९१६ रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा सवारी नियम उल्लंघन गर्ने सवारीसाधनबाट १७ करोड ४२ लाख ३७ हजार ५०३ रुपैयाँ जरिवाना संकलन भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०८०\०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१\०८२ मा जरिवाना रकम बढी संकलन भएको थियो । सवारी नियम उल्लंघन गरी कारबाहीमा पर्ने सवारीसाधनको संख्या भने अघिल्लो आर्थिक वर्षमा भन्दा ६३ हजार १६ ले कमी हो ।
आर्थिक वर्ष २०८०\०८१ मा २ लाख ३३ हजार ९६ वटा सवारी साधन कारबाहीमा परेका थिए ।
अघिल्ला वर्षहरूमा एउटै सवारी साधन गन्तव्यमा नपुग्दासम्म दोहोरो तेहेरो चेकप्वाइन्टमा कारबाहीमा पर्ने गरेकोमा पछिल्लो समय एउटा चेकप्वाइन्टमा कारबाहीमा परेको सवारी साधनलाई गन्तव्यमा नपुग्दासम्म अर्को चेकप्वाईन्टमा कारबाही गर्न रोकिएपछि सवारी साधनको संख्या कमी देखिएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।
शर्माका अनुसार सवारीसाधनको संख्यामा कमी देखिए पनि जरिवाना दस्तुर बढेका कारण जरिवाना रकम भने बढी संकलन भएको छ ।
सबैभन्दा बढी रुपन्देहीमा ५० हजार ४४१ वटा सवारीसाधन कारबाहीमा पर्दा ६ करोड ८ लाख ४९ हजार १२ रुपैयाँ जरिवाना संकलन भएको छ ।
रूपन्देहीमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल मार्फत १ करोड १८ लाख ८७ हजार ३ रुपैयाँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही मार्फत ४ करोड ८९ लाख ६२ हजार ९ रुपैयाँ जरिवाना संकलन भएको हो ।
बाँकेमा कारबाहीमा परेका ३७ हजार ४३५ वटा सवारीसाधनबाट ३ करोड २७ हजार ५०३, दाङमा २१ हजार ५९० सवारीसाधनबाट २ करोड ३१ लाख ६० हजार, कपिलवस्तुमा १३ हजार ५६१ वटा सवारीसाधनबाट १ करोड ४५ लाख ५० हजार र पश्चिम नवलपरासीमा ८ हजार ३ सय सवारीसाधनबाट १ करोड ६ लाख ९ हजार जरिवाना संकलन भएको छ ।
त्यस्तै, बर्दियामा १२ हजार ३७८ सवारीसाधनबाट ९५ लाख ७० हजार, पाल्पामा ६ हजार १६८ वटा सवारीसाधनबाट ७३ लाख ५१ हजार ४५०, प्युठानमा ४ हजार ४९१ सवारीसाधनबाट ५२ लाख ६५ हजार र रोल्पामा ४ हजार ३५२ सवारीसाधनबाट ५१ लाख ७ हजार ९४० रुपैयाँ जरिवाना संकलन भएको छ ।
त्यसैगरी गुल्मीमा ५ हजार ३७८ वटा सवारीसाधनबाट ४४ लाख ३० हजार ५ सय, अर्घाखाँचीमा ३ हजार ६३ सवारीसाधनबाट ४२ लाख ३० हजार र रुकुम पूर्वमा २ हजार ९२३ वटा सवारीसाधनबाट ३२ लाख ३३ हजार रुपैयाँ जरिवाना संकलन भएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिनुभयो ।
त्यस्तै यातायात कार्यालय मार्फत गरिएको जाँचको क्रममा कारबाहीमा परेका २७३ वटा सवारी साधनबाट ३८ लाख ८५ हजार ८४५ रुपैयाँ जरिवाना संकलन भएको छ । ८४ लाख ९ हजार रुपैयाँ उठ्न बाँकी रहेको शर्माले बताउनुभयो ।

≪ Previous Post

रूपन्देही–३ उपनिर्वाचन : उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते

Next Post ≫

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवस : मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क