Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कास्की प्रशासनद्वारा सिद्धार्थ राजमार्गमा गाडी चलाउन रोक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कास्की प्रशासनद्वारा सिद्धार्थ राजमार्गमा गाडी चलाउन रोक

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८२ · 0
कास्की प्रशासनद्वारा सिद्धार्थ राजमार्गमा गाडी चलाउन रोक
70
SHARES
ShareTweet

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार अपरान्ह ४ बजेदेखि सिद्धार्थ राजमार्गमा सवारी साधन चलाउन रोक लगाएको छ ।
कास्कीको छोरेपाटनबाट सिद्धार्थ राजमार्ग भएर चल्ने लामो दुरीका सवारी साधन आइतबार अपरान्ह ४ बजे र छोटो दुरीका सवारी साधन ५ बजेबाट चलाउन प्रशासनले रोक लगाउने निर्णय गरेको हो ।
शनिबार रातिदेखि कास्की जिल्लाका विभिन्न स्थानमा भारी तथा मध्यम वर्षा भइरहेको र अझै केही दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेकोले सुरक्षा सतर्कताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
‘मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि जिल्ला सुरक्षा समिति, स्याङ्जासँगको समन्वय र जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट जारी सूचना समेतका आधारमा जिल्ला सुरक्षा समिति, कास्कीको ४ साउनको निर्णयानुसार कास्की जिल्लाबाट स्याङ्जा हुँदै सिद्धार्थ राजमार्ग भई चल्ने अत्यावश्यक सेवा बाहेकका लामो दुरीका सवारी साधनहरू ४ साउन साँझ ४ बजेपछि र छोटो दुरीका सवारी साधनहरू साँझ ५ बजेपछि प्रस्थान बिन्दु (कास्की जिल्लाको छोरेपाटन ) बाट गन्तव्य स्थानका लागि सञ्चालन नगर्नु नगराउनुहुन र अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन गर्नुपर्ने अवस्थामा नजिकको सुरक्षा निकायसँग समन्वय गरी सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबै सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछौँ’ प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

 

≪ Previous Post

बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्ड : एक वर्षमा ६३ पटक अवरुद्ध

Next Post ≫

रूपन्देही–३ उपनिर्वाचन : उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क