Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

संसारपोस्ट संवाददाता · २८ असार २०८२ · 0
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण
120
SHARES
ShareTweet

तिलोत्तमा । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले आयोजना गरेको स्वास्थ्य सचेतना तथा रक्त परिक्षण कार्यक्रममा करिव ३ सय जनाले रक्त परीक्षण गराएका छन् ।
सामुदाविक वन उपभोक्ता समूहको बार्षिक कार्ययोजना अनुसार आयोजना गरिएको स्वास्थ्य सचेतना तथा रक्त परीक्षण कार्यक्रम बुटवल कालिकानगर स्थित मोडर्न डाइनोस्टिक ल्यावमा कार्यरत स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा गरिएको हो ।
रक्त परीक्षण कार्यक्रममा वनका पुरुष तथा महिला पार्षद, कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार र कर्मचारीहरुको लिपिट प्रोफाइल, टी जी, ब्लड सुगर, कोल्डस्टोर, किड्नी, युरिकएसिड, हेमोग्लोविन लगायतका विभन्न रोगहरुको परीक्षण गरिएको शंकरनगर सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्र बस्नेतले जानकारी गराउनुभयो ।


रुख रोपौ वन जोगाउं भन्ने नाराका साथ वन संरक्षणका साथै सामाजिक कार्य अन्तरगत स्वास्थ्य, शिक्षा, वन सम्वद्र्धन, हरियाली प्रवद्र्धन, महिला शसक्तिकरण लगायतका क्षेत्रमा काम गर्दै आएको शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुको स्वास्थ्यलाई प्राथमिक्तामा राखेर सामुदायिक वनले स्वास्थ्य सचेतना तथा रक्त परीक्षण कार्यक्रम आयोजना गरेको हो ।
एक दिने स्वास्थ्य सचेतना कार्यक्रममा महिला र पुरुष पार्षदहरुलाई दुई समूहमा विभाजन गरी फिजिसिएन डाक्टर सन्तोष घिमिरेले सुगर, कोल्डस्टोर, किड्नी, युरिकएसिड जस्ता विभिन्न नसर्ने रोगहरु र त्यसबाट बच्ने उपायका बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर नारायण जिसीले स्तन तथा पाठेघरको क्यान्सरबारे महिलाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
यस अघि आयोजित कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले स्वास्थ्यप्रति खेलवाड नगर्न आग्रह गर्दै तिलोत्तमालाई स्वस्थ्य र सुन्दर नगर बनाउनु पर्ने बताउनुभयो ।
तिलोत्तमामा बस्ने हरेक नागरिक स्वस्थ्य र सुन्दर हुनुपर्ने बताउंदै नगरवासीलाई स्वस्थ्य र सुन्दर बनाउनका लागि शंकरनगर सामुदायिक वन उपभोक्ता समूहलगायत बिभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरुसंग सहकार्य गरी काम गर्ने प्रतिवद्वता जनाउनुभयो ।
नसर्ने रोगहरुको अवस्था बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै नगर प्रमुख खाँणले नागरिकमा स्वास्थ्य सचेतना जगाउन आवश्यक रहेको बताउंदै वन जोगाउंदै स्वास्थ्य सचेतनाका कार्यक्रमहरु अगाडी ल्याउन नगर प्रमुख खांणले शंकरनगर सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गर्नुभयो । नगर प्रमुख खांणले हरेक रोगहरु हाम्रो किचनबाट उत्पति हुने हुंदा हाम्रो भान्साको खाना स्वास्थ्यकर बनाउनु पर्नेमा जोड दिनुभयो ।
शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रविन्द्र वस्नेतले शिक्षा, स्वास्थ्य, वातावरण, हरियाली प्रवद्र्धन, महिला शसक्तिकरण र वनको विकास तथा सम्वद्र्धन गर्दै आईरहेको सामुदायिक वनले वनका उपभोक्ता, पार्षद, कार्यसमिति र कर्मचारीहरुको स्वास्थ्यलाई मध्येनजर गरी वार्षिक कार्ययोजना अनुसार विशेषज्ञ डक्टरहरुद्वारा स्वास्थ्य सचेतना र रक्त परीक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।


अध्यक्षता, महासचिव कालिका अधिकारीको सञ्चालन र उपाध्यक्ष कमला ज्ञवालीको स्वागतमा कार्यक्रम भएको थियो ।
करिव ५८४ हेक्टर क्षेत्रफलमा फैलिएको शँकरनगर सामुदायिक वनको सेवा क्षेत्र तिलोत्तमा नगरपालिकाका वडा नम्वर १, २, ३ र ४ रहेको र सेवा क्षेत्रका उपभोक्ता र पार्षदहरुको स्वास्थ्य, दक्षता अभिबृद्धि, शसक्तिकरणलगायतका क्षेत्रमा समूहले कार्यहरु गर्दै आईरहेको समूहका उपाध्यक्ष कमला ज्ञवालीले बताउनुभयो ।
वनको संरक्षण, दिगो उपयोग सम्बन्धी कार्यक्रम संचालन, जैविक विविधताको संरक्षण, डढेलो नियन्त्रण, समूहमा सुशासन, दिगो उपयोग, वातावरण सन्तुलन तथा गरीबी न्यूनीकरणमा पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकार वन तथा बातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागबाट शँकरनगर सामुदायिक वन २०७९ सालमा ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’ प्राप्त गर्न सफल भएको र आगामी दिनमा पनि पुरस्कार प्राप्तिका लागि समूहले काम गदै आईरहेको सचिव कालिका अधिकारीले जानकारी गराउनुभयो ।
समूहका कोषाध्यक्ष भुवन आचार्यका अनुसार वनको संरक्षण र सम्वद्र्धन संगै पर्यटकीय क्षेत्रमा समेत राम्रो काम गरेको, वन क्षेत्रमा रहेको खाली जग्गामा वृक्षारोपण गरी वातावरण संरक्षणमा समेत विशेष योगदान पु¥याएका कारण नेपाल भरिका सामुदायिक वन उपभोक्ता समूहबाट छनोट भई शँकरनगर सामुदायिक वनले पुरस्कार स्वरुप नगद रु. एक लाख र प्रमाणपत्र प्राप्त गर्न सफल भएकोले त्यो गरिमालाई बचाउंदै समूहले थप रचनात्मक र सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको छ ।

≪ Previous Post

करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Next Post ≫

एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क