Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सैनामैना गोल्ड कपको फाइनल आज, उपाधिका लागि कपिलवस्तु ११ र अभिषेक चर्च रजहर भिड्दै
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैना गोल्ड कपको फाइनल आज, उपाधिका लागि कपिलवस्तु ११ र अभिषेक चर्च रजहर भिड्दै

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८१ · 0
सैनामैना गोल्ड कपको फाइनल आज, उपाधिका लागि कपिलवस्तु ११ र अभिषेक चर्च रजहर भिड्दै
140
SHARES
ShareTweet

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्ड कप–२०८१ को फाइनल प्रतिस्पर्धा आज हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको उपाधिका लागि कपिलवस्तु ११ कपिलवस्तु र अभिषेक चर्च रजहर बीच प्रतिस्पर्धा हुन लागेको हो ।
यही फागुन २२ गतेदेखि जारी प्रतियोगितामा भारतीय क्लबसहित नेपालका दुई विभागीय, आयोजक तथा विभिन्न क्लब गरी १० समूहको सहभागिता रहेको थियो । नकआउटका आधारमा खेलाइएको खेलमा कपिलवस्तु ११ ले आयोजक मुर्गिया फुटबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने अभिषेक चर्चले काठमाडौंको महावीर क्लबलाई पराजित गरेको थियो ।
सैनामैना फुटबल रंगशालामा दिउँसो २ बजेदेखि हुने उपाधि प्रतिस्पर्धामा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागि हुने र समापन कार्यक्रमलाई सम्बोधन गर्ने आयोजकले जनाएको छ ।
सैनामैनामा नगरपालिकाको संरक्षकत्व तथा आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगितालाई सुनगाभा पब्लिक स्कूलले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी उपविजेता समूहले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । नकआउटका आधारमा हुने प्रतियोगिताको अन्तिम चारमा पुग्ने अन्य २ समूहलाई समान ४०–४० हजार रुपैयाँ नगद राशी प्रदान गरिने छ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उदीयमान खेलाडीलाई समान १५ हजार रुपैयाँ नगद राशीले सम्मान गरिने आयोजकले जनाएको छ ।
यसैगरी प्रत्येक खेलमा म्याद अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार राशी प्रदान गरिएको थियो । प्रतियोगितामा आयोजक सहित विभागीय टोलीहरु नेपाल पुसिल र एपीएफ, भारतको सिक्किमको डिजोंग्री क्लब, महाविर क्लब काठमाडौं, अभिषेक क्लब रजहर नवलपुर, हनामी बिएफसी चितवन, कपिलवस्तु–११, गोर्खा ब्वाइज रुपन्देही र फर्साटिकर युथ क्लब रुपन्देही सहभागी छन् ।

≪ Previous Post

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : मधेश र गण्डकी प्रदेशको जित

Next Post ≫

अबैध हातहतियार मुद्दामा सजाय र जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क