Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम

संसारपोस्ट संवाददाता · २५ माघ २०८१ · 0
माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम
90
SHARES
ShareTweet

तिलोत्तमाको शृङ्गेश्वर धाममा धार्मिक महा महोत्सव शुरु

तिलोत्तमा । मानव जीवनको अमुल्य काम माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम भन्ने मुल नाराका साथ रुपन्देहीको तिलोत्तमामा श्रीमद्भागवत श्रृङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रृङ्गारिक महाआरती २०८१ शुरु भएको छ ।
विहिवार माघ २४ गतेदेखि फागुन २ गतेसम्म संचालन हुने महायज्ञमा प्रमुख कथा वाचक आचार्य ओम प्रकाश सुवेदीले आउ आउ भक्त श्रृगेश्वर धाममा कोही पनि नछुटौं यो पुन्य काममा भन्दै भक्तजनहरुलाई दिल खोलेर सहयोग गर्न आह्वान गर्नु भयो । हुनेले दान नहुनेले मन दिएर यो महायज्ञलाई सफल बनाउन उहाले सुझाव दिनु भयो ।
श्रृङ्गेश्वर धाम एवं ज्येष्ठ नागरिक मिलन केन्द्र तिलोत्तमा ४ डिङ्गनगर, रुपन्देहीमा आयोजित महायज्ञमा विहिवार बृहत्त शोभा कलश यात्रा निकालिएको थियो । शोभाकलश यात्रा पछिको सभामा वोल्दै जेष्ठ नागरिक देवि प्रसाद पन्थ र पुनकला वस्यालले जेष्ठ नागरिक मिलन केन्द्र बृद्ध बृद्धाका लागि खुशियाली दिने स्थल भएकोे धारणा राख्नु भएको थियो ।
तिलोत्तमा नगर उप प्रमुख जगेश्वरी देवि चौधरीले महायज्ञको उद्घाटन गर्दै   सरकारले गर्ने काम यो संस्थाले गरेकोमा प्रशम्सा  व्यक्त गर्दै मानविय काममा सबैको साथ सहयोग जरुरी रहेको बताउनु भयो । उहाँले हुनेलाई आर्थिक रुपमा र नहुनेले कार्यक्रममा उपस्थित भएर सफल पार्न आहवान गर्नु भयो । धाममा संचालित छोरी शिक्षा कार्यक्रममालाई नगरपालिकाले हरेक वर्ष सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनु भयो ।
कार्यक्रममा बोल्दै जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले महायज्ञलाई सफल बनाउन सबैले पहल गर्नु पर्ने धारणा राख्नु भयोे । हरेक दिन प्रातःकालमा योग एंवं ध्यान शिविर, नित्य पुजा एवं पाठपारायण, सङ्गगितमय श्रीमद्भागवत कथा प्रवचन, देव लिला दर्शन, सन्त महन्त सम्मान, श्रृङ्गारिक दिव्य महाआरती एव राष्ट्रिय कलाकारद्धारा देव लिलामय झाँकी भजन सचालन गरिने छ ।
कार्यक्रम रहेको श्रृङ्गेश्वर धाम एवं महायज्ञ आयोजक समितिका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरु गणेश पाठक, फर्शुराम गिरी, हरि बहादुर थापा, छोरी शिक्ष्याकि ओमीकला पुन, गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायण पन्थ, सल्लाहकार टीकाराम घिमिरे, पार्वता भण्डारी, डीआर शर्मा, पार्वती भण्डारी, खेमराज रेग्मी लगायतले महायज्ञ आयोजना गर्नु परेको वारेमा प्रकाश पार्नु भएको थियो । उद्घाटन समारोहका दिन ४ लाख बढी आर्थिक सहयोग संकलन भएको धामका कोषाध्यक्ष मोती भण्डारीले बताउनु भयो ।

 

≪ Previous Post

पाल्पामा टिप्पर दुर्घटना ः देवदहका ३१ वर्षीय युवाको मृत्यु

Next Post ≫

बिभिन्न मुद्धाका ७ जना फरार अभियुक्त पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क