पाल्पा । पाल्पामा बुधबार दिउँसो टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी रुपन्देहीको देवदह नगरपालिका– २ का ३१ वर्षीय सुनिल गरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाको माथागढी गाउँपालिकापा–५ सुर्काबास स्थित रहबास–खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढुङ्गा लिएर खैरेनीतर्फ आउँदै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर दुर्घटना भएको हो । प्रहरीका अनुसार टिप्पर सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको र टिप्पर दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको पालपा प्रहरीले जनाएको छ ।