Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा दोस्रो चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडान कार्य सुरु
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवलमा दोस्रो चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडान कार्य सुरु

संसारपोस्ट संवाददाता · २३ माघ २०८१ · 0
बुटवलमा दोस्रो चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडान कार्य सुरु
120
SHARES
ShareTweet

बुटवल । बुटवलका थप ३१ स्थानमा हाईमास्ट लाईट जडान हुने भएको छ । उज्यालो सहरको नारा दिएर यसअघि बुटवलका विभिन्न स्थानमा हाईमास्ट लाईट जडान गरेको बुटवल उपमहानगरले थप ३१ स्थानमा हाईमस्ट लाईट जडान गर्न लागेको हो ।

बुधबार बुटवलको ट्राफिक चोकमा जडान गर्ने हाईमास्ट लाईटको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उप प्रमुख सावित्रादेवि अर्यालले सयुंक्त रुपमा सिलान्यास गर्नुभएको छ । उपमहानगरपालिकाले ट्राफिक चोकसहित मुख्य चोकहरुमा दोस्रो चरणको हाईमास्ट लाईट जडानको काम सुरु गरेको हो ।

दोस्रो चरणको हाइमास्ट लाईट जडान कार्यको शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवललाई उज्यालो, सुरक्षित र सुन्दर सहरको रूपमा विकास गर्ने योजना अनुरूप बुटवल उपमहानगरपालिकाले यस वर्ष पनि मुख्य चोकहरुमा हाईमास्ट लाईट जडानको काम सुरु गरेको बताउनुभयो ।

गत आर्थिक वर्षमा उपमहानगरपालिकाका २३ स्थानमा हाईमास्ट लाईट जडान गरिएकोमा चालु आर्थिक वर्षको पहिलो चरणमा ३१ र दोश्रो चरणमा १७ स्थानमा हाइमास्ट लाईट जडान गरिने मेयर पाण्डेयले जानकारी दिनुभयो ।

बुटवलको राजमार्ग चौराह–गोलपार्क–चिडियाखोला सडक बिस्तार कार्य सम्पन्न भई बुटवलका मुख्य चोकहरूमा हाइमास्ट लाइट जडान कार्य सकिएपछि बुटवल सांच्चिकै उज्यालो र सुरक्षित शहरको रूपमा पहिचान बनाउने प्रमुख पाण्डेले विश्वास ब्यक्त गर्नुभयो ।

हाइमास्ट लाइटसँगै बुटवल उपमहानगरपालिकाले डिजिटल विज्ञापन बोर्डस् फ्लाग मास्ट लाइट समेत जडान कार्य सुरु गरेको छ ।

डिजिटल विज्ञापन बाट उठेको रकमबाट हाइमास्ट लाइट तथा स्ट्रिट लाइटको महसुल तिर्ने योजना रहेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रादेवि अर्यालले बताउनुभयो ।

दोस्रो चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडानका लागि बुटवल उपमहानगरपालिकाले ४ करोड ४३ लाख ७९ हजार ३९१ रूपैयाँमा त्रिसन्ध्या–सेफ स्टिल्स जेभिसँग सम्झौता गरेको छ । सम्झौता अनुसार २०८२ जेठ ३० गतेसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ ।

≪ Previous Post

सहकारी ठगी प्रकरण : रवि लामिछाने न्यायिक हिरासतमा

Next Post ≫

पाल्पामा टिप्पर दुर्घटना ः देवदहका ३१ वर्षीय युवाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क