Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा मणिग्राम महायज्ञमा दान दाताहरू बढ्दै
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमा मणिग्राम महायज्ञमा दान दाताहरू बढ्दै

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0
तिलोत्तमा मणिग्राम महायज्ञमा दान दाताहरू बढ्दै
60
SHARES
ShareTweet

रूपन्देही । मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू भएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा दाताहरुले दान सहयोग गरेका छन् । महायज्ञको दोस्रो दिन दाताहरुले मन फुकायर सहयोग गरेका छन् । महायज्ञमा गुरू भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुभएको हो ।
मंगलबार बुटवल उपमहानरपालिका–११ निवासी गौतम ज्ञवालीले भवनको स्तरोन्नतिको लागि ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएको छ । तिलोत्तमा नगरपालिका–१५ निवासी बाबुलाल भुसाल र हरिकला भुसालले १५ हजार ५ सय ५५ रूपैयाँ, तिलोत्तमा–८ निवासी ढालानन्द चालिसेले १५ हजार ५ रूपैयाँ दान गर्नुभएको छ ।
त्यस्तै देवदह नगरपालिका–२ निवासी गंगाबहादुर नेपाली र जमुना नेपालीले आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारी १० हजार रूपैयाँँ दान गर्नुभएको छ ।


बुटवल उपमहानगरपालिका–१३ निवासी लक्ष्मी ज्ञवालीले ५ हजार, १ सय १ रूपैयाँ प्रदान गर्नुभएको छ भने तिलोत्तमा ५ मणिग्राम निवासी एकजना दाताले गोप्य दान मार्फत २१ हजार रूपैयाँ दान गर्नु भएको आश्रमले जनाएको छ ।
मानवसेवा आश्रमको आयोजनमा रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम (प्रदर्शनी हुने स्थान)मा हिजोदेखि सुरू भएको महायज्ञ माघ १४ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञमा बिहान ५ बजेदेखि ७ बजेसम्म योग शिविर, ८ बजेदेखि १० बजेसम्म विद्यार्थीहरूको लागि मानवता प्रवद्र्धनका लागि मानसिक स्वास्थ प्रवद्र्धनका कार्यक्रम, बेलुका ६ बजेदेखि सन्ध्या भजन कृतनका कार्यक्रम सञ्चालन भइरहेका छन् । मानवता प्रवद्र्धनका लागि १२ वर्षदेखि अनवरत रूपमा क्रियाशिल संस्था मानवसेवा आश्रमले महायज्ञमा सहयोग गरी मानवता प्रवद्र्धनका काममा मद्दत गरिदिन समेत रूपन्देहीबासीलाई आग्रह गरेको छ ।

≪ Previous Post

आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री पन्थी

Next Post ≫

गुल्मिमा एक पुरुष मृत फेला, हत्याको आशंकामा छोरा प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क