गुल्मी । गुल्मीको मरभुङ्ग गाउँमा मंगलबार बिहान एक जना पुरुष मृत अबस्थामा फेला परेका छन् ।
जिल्लाको मालिका गाउँपालिका ८ मरभुङ्ग, कालीमाटी निवासी ६० वर्षीय लालबहादुरर रोका मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले रोका मृत फेला परेको पुष्टि गर्दै मृतकलाई कसैले हत्या गरेको हो कि भन्ने आशंकामा अनुन्धान भईरहेको र सोधपुछका लागि मृतकका छोरा २९ वर्षीय डम्बर बहादुर रोकालाई नियन्त्रणमा लिईएको जानकारी गराउनुभयो । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सोही वडाका वडा अध्यक्ष सुर्य बहादुर जिसीका अनुसार डम्बर बहादुर घर्तीले सोमबारराती आफ्नै बुबाको हत्या गरी घर नजिकैको बारीमा ढुङ्गाले पुरेको अवस्थामा शब फेला परेको बताउनुभयो ।
मदिरा सेवनपछि घटना घटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
