रूपन्देही । मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू भएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा दाताहरुले दान सहयोग गरेका छन् । महायज्ञको दोस्रो दिन दाताहरुले मन फुकायर सहयोग गरेका छन् । महायज्ञमा गुरू भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नुभएको हो ।
मंगलबार बुटवल उपमहानरपालिका–११ निवासी गौतम ज्ञवालीले भवनको स्तरोन्नतिको लागि ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएको छ । तिलोत्तमा नगरपालिका–१५ निवासी बाबुलाल भुसाल र हरिकला भुसालले १५ हजार ५ सय ५५ रूपैयाँ, तिलोत्तमा–८ निवासी ढालानन्द चालिसेले १५ हजार ५ रूपैयाँ दान गर्नुभएको छ ।
त्यस्तै देवदह नगरपालिका–२ निवासी गंगाबहादुर नेपाली र जमुना नेपालीले आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारी १० हजार रूपैयाँँ दान गर्नुभएको छ ।
बुटवल उपमहानगरपालिका–१३ निवासी लक्ष्मी ज्ञवालीले ५ हजार, १ सय १ रूपैयाँ प्रदान गर्नुभएको छ भने तिलोत्तमा ५ मणिग्राम निवासी एकजना दाताले गोप्य दान मार्फत २१ हजार रूपैयाँ दान गर्नु भएको आश्रमले जनाएको छ ।
मानवसेवा आश्रमको आयोजनमा रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम (प्रदर्शनी हुने स्थान)मा हिजोदेखि सुरू भएको महायज्ञ माघ १४ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञमा बिहान ५ बजेदेखि ७ बजेसम्म योग शिविर, ८ बजेदेखि १० बजेसम्म विद्यार्थीहरूको लागि मानवता प्रवद्र्धनका लागि मानसिक स्वास्थ प्रवद्र्धनका कार्यक्रम, बेलुका ६ बजेदेखि सन्ध्या भजन कृतनका कार्यक्रम सञ्चालन भइरहेका छन् । मानवता प्रवद्र्धनका लागि १२ वर्षदेखि अनवरत रूपमा क्रियाशिल संस्था मानवसेवा आश्रमले महायज्ञमा सहयोग गरी मानवता प्रवद्र्धनका काममा मद्दत गरिदिन समेत रूपन्देहीबासीलाई आग्रह गरेको छ ।