Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा सर्वाधिक राशीको बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता हुने
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा सर्वाधिक राशीको बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २९ पुष २०८१ · 0
रुपन्देहीमा सर्वाधिक राशीको बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता हुने
100
SHARES
ShareTweet

बुटवल । रुपन्देहीमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । बुटवल उपहानगरपालिकाको सहयोगमा नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीको आयोजनामा फागुनको दोस्रो हप्तादेखि प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता बुटवल २०८१ हुने भएको हो ।

सोमबार पत्रकार सम्मेलन गरि नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले रुपन्देहीमा सर्वाधिक राशीको प्रतियोगिता गर्न लागेको जानकारीm गराउनुभयो । अध्यक्ष पुनका अनुसार यसअघि काठमाण्डौमा २ लाख ५५ हजार रुपैयाँ धनराशीको स्नुकर प्रतियोगिता भएको थियो । खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगिताको उपाधि विजेतालाई नगद ३ लाख ३ हजार, कप, मेडल, प्रमाणपत्र, उपविजेतालाई नगद १, लाख १ हजार रुपैया, हाईएस्ट ब्रेक ५५ हजार रुपैयाँबाट पुरस्कृत गरिने अध्यक्ष पुनले बताउनुभयो । यसैगरि सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद १० हजार रुपैया, साईजिङ स्टार र डिसिप्लिन प्लेयरलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिताको बुटवल उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिह कम्प्लेक्सका सञ्चालक महेशमान सिहबाट १ लाख तथा दोस्रो पुरस्कार बराबरको १ लाख रुपैया आवास ग्रुपको प्रबन्ध निर्देशक महेश थैवबाट सौजन्य भएको उनले बताए । बौद्घिक खेलको रुपमा पहिचान बनाएको स्नुकर खेल भएको उनले दाबी गरे । रुपन्देही स्नुकर खेलको उवरभुमी भएको उनले बताए । भर्खरमात्र बुटवलका रेगन श्रेष्ठले श्रीलंका सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई अन्तराष्ट्रिय मंचमा पहिलो पदक दिलाउन सफल भएको उनले बताए । उनलाई सम्मान गर्ने लक्ष्य रहेको उनले बताए । देशभरका अधिकास जिल्लाबाट प्रतियोगी खेलाडीहरु सहभागी हुने उनले बताए । खेलाडीहरुलाई आवासको ब्यवस्था आयोजकबाट गरिने तथा क्वाटरफाईनल खेलबाट खेलाडीहरुलाई आवास र खानाको समेत ब्यवस्था रहेको उनले बताए । न्युनतम १० दिनमा प्रतियोगिता सक्ने लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा बुटवल नगरपालिकाका प्रवक्ता शिव राना, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष आरपी आचार्यले स्थानीय सरकारबाट सहयोग हुदा खेलको विकास हुन सफल भएको बताउनुभयो ।

खेल संयोजक विजय गुरुङले प्रतियोगितामा भाग लिन फागुन ७ गतेसम्म अन्तिम समयावधि तोकिएको बताउनुभयो । संघका सचिव प्रकाश क्षेत्रीका अनुसार प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडी सहभागि हुने छन् ।

≪ Previous Post

भारतीय ओभरलोड सवारीका कारण सडक ध्वस्त, नेपाली व्यवसायीको लगानी र पेशा जोखिममा

Next Post ≫

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, आज सार्वजनिक बिदा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क