Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अबैध लागु औषध सहित १ जना र फरार प्रतिवादी २ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अबैध लागु औषध सहित १ जना र फरार प्रतिवादी २ जना पक्राउ

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८१ · 0
अबैध लागु औषध सहित १ जना र फरार प्रतिवादी २ जना पक्राउ
120
SHARES
ShareTweet

भैरहवा । रुपन्देही प्रहरीले अबैध लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ७ सिसवामा लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छपिया र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कपिलवस्तु कपिलबस्तु नगरपालिका वडा नं. १० जगदिशपुर बस्ने बर्ष ३४ को नागराज सिंह क्षेत्रीलाई पक्राउ गरेको हो ।
प्रहरीले निजले चलाएको लु ४० प ६५१९ न. को मोटरसाईकल चेकजाँच गर्ने क्रममा निज क्षेत्रीको साथबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १० पुरिया तौल ५० ग्राम बरामद गरेको छ ।
पक्राउ परेका क्षेत्रीलाई रुपन्देही जिल्ला अदालतमा पेश गरेकोमा अदालतबाट १० दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बिभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ

रुपन्देही जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार रहेका दुई जना अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतका विभिन्न प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले मिति २०७४ साल फागरन ३० गतेको फैसला बमोजिम वन मुद्धामा २४ हजार ५०४ रुपैयां जरिवाना फैसला भएका रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ बस्ने लेख बहादुर बुढालाई पक्राउ गरेको हो ।
यस्त इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले मिति २०७९ साल बैशाख २६ गतेको फैसला बमोजिम कुटपिट अंगभंग मुद्धामा ६ महिना कैद र ५ हजार जरिवाना फैसला भएका रुपन्देहीको लुम्विनी सांस्कृतिक नगरपालिका वडा नं. २ बस्ने रामचरन लोहार (विश्वकर्मा) लाई पक्राउ गरेको छ ।

≪ Previous Post

बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या १७० पुग्यो

Next Post ≫

दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क