Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ शान्तिमा जिल्लास्तरीय चेस प्रतियोगिता : १६ विद्यालयका ६६ जना सहभागि
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्तिमा जिल्लास्तरीय चेस प्रतियोगिता : १६ विद्यालयका ६६ जना सहभागि

संसारपोस्ट संवाददाता · ६ आश्विन २०८१ · 0
शान्तिमा जिल्लास्तरीय चेस प्रतियोगिता : १६ विद्यालयका ६६ जना सहभागि
100
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आयोजना गरेको दुई दिने जिल्ला स्तरीय अन्तर विद्यालय चेस प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा दीप बोर्डिङ्गका टोपराज अधिकारी प्रथम, एभरेष्ट बोर्डिङ्गका साइरस बज्रचार्य द्वित्तीय र शान्ति नमुनाका सुशान्त अर्याल तृतीय भएका छन् ।
यस्तै छात्रातर्फको विधामा एभरेष्ट बोर्डिङ्गकी सन्जिमा क्षेत्री प्रथम, गार्गी एकेडेमीकी सिसम राना द्वित्तीय र न्यू होराइज बोर्डिङ्गकी रितिसा आचार्य तृतीय भएका छन् । विजेताहरुलाई नगद, मेडल र प्रमाण–पत्रद्वारा सम्मान गरिएको थियो । प्रतियोगितामा रुपन्देहीका १६ वटा विद्यालयका ६६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बोल्दै विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धिका लागि प्रतियोगिता निकै फलदायी भएको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन दिनेश खड्काले गर्नुभएको थियो भने प्रतियोगिताको संयोजन शान्ति क्लवका संयोजक सुमन श्रेष्ठले गर्नुभएको थियो । प्रतियोगिताको मूल्याङ्कनकर्ताको रुपमा डा. बद्रि थैव, शिवम बि.क.,अंकित पोखरेल र जमिर अलीले योगदान पु¥याउनु भएको थियो । विजेताहरुलाई रुपन्देही बुद्धिचाल संघका सचिव शिखर रेग्मी, विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्य, बाल क्लवका संयोजक रजनी के.सी लगायतले शुभकामना दिनुभएको थियो ।

≪ Previous Post

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छबिलाल जोशी पक्राउ

Next Post ≫

भैरहवामा अन्डर–१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क