Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज दर खाने दिन, सनातन धर्मावलम्बी महिला दर खाने तयारीमा
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज दर खाने दिन, सनातन धर्मावलम्बी महिला दर खाने तयारीमा

संसारपोस्ट संवाददाता · २० भाद्र २०८१ · 0
आज दर खाने दिन, सनातन धर्मावलम्बी महिला दर खाने तयारीमा
100
SHARES
ShareTweet

बुटवल । हिन्दु महिलाले मनाउने तीज पर्व अन्तरगत आज (बिहीबार) दरखाने दिन । हिन्दु धर्मालम्बी महिलाहरुले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन् । भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन बेलुकी दर खाने परम्परा छ । दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ ।
विशेषगरी नेपाली नारीहरूले मनाउने हरितालिका तीजको अघिल्लो दिन माइतीले आफ्ना चेलीलाई बोलाएर वा लिन गई दर खुवाउने परम्परा छ । दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्म घरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन् ।
भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । विशेषगरी दूधबाट बनेका खिर, ढकनीका साथै चाम्रे, सेलपुरी, पुआ र गुँदपाकका साथै फलफूल खाने चलन छ । यस्तै मौसमी तरकारी–अचार बनाएर पनि खाने चलन छ ।
शास्त्रीय रुपमा भने निराहार व्रत मात्र बस्ने विधान नरहेको शास्त्रमा छ । निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत विधान शास्त्रमा छ । भोलि निराहार व्रत बस्नुछ भने अघिल्लो दिन धेरै खाएर र भोलिपल्ट पानी पनि नखाई व्रत गर्दा व्रतालुको स्वास्थ्यमा समस्या आउँछ । वेदमा ‘सर्वतः आत्मानं गोपायेत’ अर्थात् सबैतिरबाट आत्मालाई रक्षा गर भनिएकाले पनि नसक्नेले निराहार व्रत बस्नु पर्दैन ।
पौराणिक कालमा पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ तीजमा विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिता युवतीहरुले सुयोग्य बर पाउँ भनी कामना गर्दै तीजको व्रत बसी शिवको पूजा आराधना गर्ने प्रचलन रहेको छ । पछिल्लो समयमा निराहार व्रत बस्नेको संख्या भने घट्दै गएको छ ।
दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता रहेको छ । तर, केही वर्षदेखि नेपालमा एकडेढ महिना अघिदेखि नै पार्टी प्यालेसमा भोज गर्ने र दरका नाममा तामसिक पदार्थ खाने चलन बढ्दै गइरहेको छ ।
आज दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

≪ Previous Post

रुपन्देहीमा जवर्जस्ती करणी आरोपमा गाउँपालिकाका दुई कर्मचारी सहित ३ जना पक्राउ

Next Post ≫

आज हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरि मनाइदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क