Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सहकारी ठगी प्रकरण : संसदीय छानविन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिँदै
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सहकारी ठगी प्रकरण : संसदीय छानविन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिँदै

संसारपोस्ट संवाददाता · ७ भाद्र २०८१ · 0
सहकारी ठगी प्रकरण : संसदीय छानविन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिँदै
140
SHARES
ShareTweet

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानविन गर्न गठित संसदीय छानविन विशेष समितिले (आज) शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिँदैछ ।

सहकारीको रकम अपचलनको आरोप लागेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई समितिले शुक्रबार बयानका लागि बोलाएको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्त्वको सरकारका तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सहकारीको रकम अपचलनको आरोप लागेपछि तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसले छानबिनका लागि संसदीय समिति बनाउन माग गरेको थियो ।

लामो रस्साकस्सीपछि नेकपा एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वमा बनेको समितिले लामिछानेलाई बयानका लागि बोलाएको हो ।

लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप छ । लामिछानेलाई दिउँसो २ बजे बयानका लागि बोलाइएको समितिले जनाएको छ ।

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा र बुटवलको सुप्रिमसहितका सहकारीबाट कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ ल्याएर अपचलन भएको प्रहरी अनुसन्धानमा देखिएको छ । रास्वपाका सभापति लामिछानेले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।

लामिछाने भन्दा अगाडि समितिले बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि बयान लिएको छ ।

सांसद थापाको नेतृत्वमा बनेको समितिले तीन महिनादेखि सहकारी बचत हिनामिनाको विषयमा छानबिन जारी राखेको छ  । समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी संचालक, ठगीको आरोप लागेका दर्जनौं व्यक्तिहरुको बयान लिइसकेको छ । त्यस्तै समितिले सरकारका बिभिन्न निकायका अधिकारीहरुसँग पनि छलफल गरेको छ । समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने संसदीय छानविन समितिका सभापति सुर्य थापाले बताउनुभएको छ ।

≪ Previous Post

‘रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्छु’– मुकुल ढकाल

Next Post ≫

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क