Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता आचार्य नियुक्त 
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता आचार्य नियुक्त 

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८१ · 0
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता आचार्य नियुक्त 
70
SHARES
ShareTweet
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि आचार्यले ५६ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्षा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गर्नुभएको थियो ।

८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४    सांसदको समर्थन चाहिन्छ ।

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेता लीला गिरी भए पनि अन्तिममा आएर आचार्यलाई एमाले केन्द्रबाट मुख्यमन्त्री बनाउन निर्देशन भएको थियो । अर्घाखाँची १ (क) बाट निर्वाचित सांसद आचार्य यसअघि आर्थिक मामिला तथा योजनामन्त्री हुनुभएको थियो ।

नेकपा माओवादी    सांसदिय दलका नेता महराले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

महराले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औं बैठकलाई आइतवार सम्बोधन गर्दै राजीनामा दिनुभएको थियो ।

≪ Previous Post

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता आचार्यको दाबी पेस

Next Post ≫

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित ८ बिनाविभागीय मन्त्रीहरुले लिए शपथ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क