Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ यातायात भलाइकोष : स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर र रक्तदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

यातायात भलाइकोष : स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर र रक्तदान

संसारपोस्ट संवाददाता · २ बैशाख २०८१ · 0
यातायात भलाइकोष : स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर र  रक्तदान
110
SHARES
ShareTweet
बुटवल । यातायात मजदूर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औं वार्षिक साधारण सभाको अवसरमा आइतबार प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । कार्यालय परिसरमा बिहान स्वास्थ्य जाँच, बृहत् रक्तदान तथा दिउँसो चालक तथा यातायात मजदूरहरुलाई दुर्घटना न्युनीकरण सम्बन्धी प्रशिक्षण दिइएको हो ।

प्रशिक्षण कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले ट्राफिक नियम सम्बन्धी, नेको इन्स्योरेन्स प्रदेश प्रमुख रमेश थापाले दुर्घटना बिमाका बारेमा तथा लुम्बिनी प्रदेशका पुर्व न्यायाधीवक्ता खुमाकान्त पौडेलले दुर्घटनापछिको कानुनी प्रवन्धका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

यातायात मजदुर तथा ब्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले स्वर्ण महोत्सवलाई मजदुर, ब्यवसायीहरुको हकहितसंगै सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी मनाएको बताउनुभयो । कतिपय कानुनका नयाँ  प्रावधानको विषयमा अनभिज्ञ रहेका ब्यवसायीहरुलाई सहयोग हुने गरी कार्यक्रम गरिएको अध्यक्ष फुल्लेलले बताउनुभयो । मजदुर र ब्यवसायीहरुलाई लक्षित गरी एक दिने प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा यातायात र कानुनका विषयमा अधिवक्ता खुमाकान्त पौडेलले सवारी दर्ता प्रमाणपत्र नवीकरण, दुर्घटना बिमा, क्षतिपूर्ति, सजायका पाटोका विषयमा सहजीकरण गर्नुभएको थियो ।  अनुसन्धानको पाटो नै मुख्य हुने भन्दै उहाले यसको आधारका रुपमा मेडिकल रिपोर्टलाई बनाईने बताउनुभयो ।

मुलुकी देवानी संहिताले संरक्षक नियुक्त गर्ने ब्यवस्था गरेको छ । जस अनुसार स्थानीय सरकारबाट प्रमाणित गरेको खण्डमा त्यो संरक्षकले बिमाको क्लेम वा सम्पत्ति प्रति हकदाबी गर्न पाउने ब्यवस्था छ । नेपालमा क्षतिपूर्ति पाउने ब्यक्ति नहुने तर क्षतिपूर्ति भराउन निर्देशन दिने जस्ता दोहोरो अर्थ लगाउने कानुनको कारण समस्या उत्पन्न हुने गरेको उहाले बताउनुभयो ।  ‘कानुन सबैले मान्नुपर्छ’—उहाले भन्नुभयो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रक्तदान कार्यक्रमको उदघाटन गर्दै बुटवलका संघसंस्थाहरु आफ्नो ब्यावसायिक हकहितसंगै सामाजिक उत्तरदायित्वमा सधै अग्रसर रहेको बताउनुभयो।

कार्यक्रममा कोषका महासचिव योगबहादुर गुरुङले संस्थाको गरिमालाई सधै उचो राख्ने गरी रचनात्मक कार्यहरु गर्दै आएको बताउँदै मजदूर र ब्यवसायीको स्वास्थ्य, सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्न सफल भएको बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी र रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ९७ जनाले रक्तदान गरेको उहाले बताउनुभयो।

यसैगरी चौराह हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा मधुमेह, रक्तचाप, मुटुको परीक्षण गरिएको छ । अस्पतालका डा. प्रदिप चापागाई, जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवर, सुदिप खत्री, संगिता घर्तीमगर, रिबिसा श्रेष्ठको टिमले १५० जनाको सामान्य परीक्षण, मधुमेहको ९० र ६० जनाको ईसिजी परीक्षण गरिएको छ ।

 

facebook sharing button
twitter sharing button
email sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

 

 

 

≪ Previous Post

ड्रिम युनिक रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी फाइनलमा

Next Post ≫

ट्रेड युनियन काँग्रेस रुपन्देहीले गर्यो  शुभकामना आदान प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क