Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ अन्तिम संस्कार गरेका छोरा जब जीवितै फर्किए…
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अन्तिम संस्कार गरेका छोरा जब जीवितै फर्किए…

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0
अन्तिम संस्कार गरेका छोरा जब जीवितै फर्किए…
70
SHARES
ShareTweet

विष्णुकुमार आले



अर्घाखाँची, २३ साउन । अर्घाखाँचीमा एउटा अपत्यारिलो घटना घटेको छ । छोरा हराएको सात दिनपछि खोज्दै जाँदा खोलाको बीचमा ढुंगाको कापमा अड्किएको अवस्थामा शव फेला परेपछि हराएको एक युवाको बुबाले मेरै छोरोको शव हो भनी कानुनी रूपमा प्रहरी मुचुल्का गरेर शवको दाहसंस्कार गरे । तर मृतक भनेर दाहसंस्कार गरिएको छोरा घरमा जीवितै फर्किएपछि आफन्त चकित भएका छन् । अर्घाखाँची जिल्लाको सितगंगा–२ मन्द्रे काँठेपिपल निवासी ५७ वर्षीय घनबहादुर चुदाराका माइला छोरा ३४ वर्षीय कर्णबहादुर चुदारा यही साउन ८ गते घरबाट हराएका थिए । घरबाट छोरो हराएपछि बुबाले गाउँलेहरूको सहायतामा निरन्तर खोजीकार्य जारी राखे। हराएको आठौं दिन तथा साउन १५ गते सितगंगा १४ सिमरेनीस्थित बाणगंगा नदीको बीचभागमा ढुंगाको कोप्चेरोमा खुट्टा मात्र बाहिर देखिएको अवस्थामा स्थानीयले एउटा शव फेला पारे । शव फेला पारेपछि स्थानीयले चारैतिर खबर पुर्याए । लाश भेटिएको खबर चुदाराका घरपरिवारले थाहा पाएपछि शव चिन्नका लागि घरपरिवार प्रहरी, स्थानीयसहित घटनास्थल पुगे । खोलाको कोप्चेरोमा अड्किएको लाशलाई घोचेर पानीबाहिर निकालेर हेर्दा शव सडेर चिन्नै कठिन थियो । शवको अनुहार सडिसकेको थियो । प्रहरीले सोध्दा हातका औँला, नङ खुट्टा र उचाइ पनि मिलेकाले यो मेरै माइला छोराको शव हो भनेर घनबहादुर चुदाराले भनेपछि प्रहरीले मुचुल्का उठाउन थाल्यो । मृतकका आफन्त र गाउँलेहरूको रोहबरमा घटनास्थलमा शवको मुचुल्का बनाएपछि शवको पोष्टमाटम गर्नका लागि सन्धिखर्क जिल्ला अस्पताल पुर्याइयो । गरिब र विपन्न परिवारका चुदारालाई सबैले आर्थिक सहयोग गरेपछि शवको पोष्टमाटम गरी साउन १५ गते दिउँसो ४ बजे सन्धिखर्कमा शवको अन्तिम दाहसंस्कार गरिएको थियो ।

छोरा जीवितै भएको त्यो खबर

दाहसंस्कार गरेर घर फर्किएपछि भारतको हरियाणा कुलक्षेत्रमा रोजगारीको सिलसिलामा बस्दै आएका मृतक भनिएका कर्णबहादुर चुदाराका जेठो दाजु ओमबहादुर चुदारा र आमा रिमा कला चुदारासँग मृतक भनिएका छोरा कर्णबहादुर भर्खरै आएको खबर आमाले घरमा गरेपछि उनीहरू झसंग भए । छोरा जीवितै भएको भारतबाट श्रीमतीले भने पनि नेपालमा बस्ने उनका श्रीमान घनबहादुर चुदारालाई कत्ति पनि विश्वास लागेन । उनले छोरालाई नेपाल लिएर आएपछि आफूलाई विश्वास लागेको घनबहादुरले बताए । ‘छोरा यहाँ आएको छ भनेर फोन गर्दा विश्वासै लागेन, यहाँ लिएर तुरुत आउनु भने छोरो लिएर आमा घरमा आएपछि उसलाई शिरसम्म निकै नियालेर हेरेपछी बल्ल आफ्नै छोरा हो भन्ने बिश्वास लागेर मुटु भक्कानियो’ उनले भने मन थाम्न नसकेर रोए कराएँ ।’ माया मारेको छोरा जिवितै घरमा आउँदा एकमनमा डरपनि लागेको घनबहादुर बताउँछन्। मृतक भनिएका कर्णबहादुर चुदारा कम बोल्ने सुस्त मनस्थितिको रहेको आमा रिमकला बताउँछिन् । मन लाग्यो भने जे काम पनि गर्ने नलागे नबोली बस्ने कर्णबहादुरका बानी रहेको रिमकलाको भनाइ छ । घरबाट हराएको ८ दिन भएकोले शव भेटिएको खबर पाएपछि घटनास्थल पुगेर, त्यहाँ उनका बुवालेनै मेरै छोराको शव हो भनेपछि खोलाबाट शव उठाएर सन्धिखर्क जिल्ला अस्पतालमा पोष्टमार्टम गरि दाहासंस्कार गरिएको छिमेकी रामप्रसाद भट्टराईले बताए । घनबहादुर चुदारा र रिमाकला बिकका ७ भाइ छोरा र ५ बहिनी छोरी गरि १४ जनाको परिवार थियो । तर १० वर्षको उमेरमा काइँलो छोराको मृत्यु भएपछि हाल १३ जनाको परिवार रहेको छ । आफ्नो सन्तान तथा परिवारको शव चिन्न नसक्दा खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको लासको दाहसंस्कार गर्न पुगेको घनबहादुर बताउँछन् । बेवारिसे शवको दाहसंस्कार गरे पनि मान्छे हराएको भनेर दोस्रो उजुरी नपरेको प्रहरीले जनाएको छ । (थाहा खबरबाट)

≪ Previous Post

अदालतको फैसलासंगै बुटवलको सडक बिस्तार अनिश्चित

Next Post ≫

चुनावसम्म पार्टी घोषणा पत्रका अधिकांश प्रतिवद्धता पुरा गर्छौं : मन्त्री भट्टराई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क