Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अदालतको फैसलासंगै बुटवलको सडक बिस्तार अनिश्चित
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

अदालतको फैसलासंगै बुटवलको सडक बिस्तार अनिश्चित

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0
अदालतको फैसलासंगै बुटवलको सडक बिस्तार अनिश्चित
60
SHARES
ShareTweet

बुटवल २३ साउन
अदालतको फैसलासंगै बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क चिडियाखोला सडक बिस्तारको काम तत्काल अगाडी नबढ्ने निश्चित भएको छ ।
लामो समय देखि विवादमा रहेको उक्त सडक विस्तार अदालतको फैसलाले एउटा निकाश दिएको छ ।
मंगलवार नै पुर्व अर्थ मन्त्री विष्णु पौडेलले पनि उक्त सडक विस्तार आयोजना कानुनी रुपमा भन्दा पनि व्यवहारिक रुपमा छलफल गरि टुगोमा पुग्नु पर्ने धारणा सार्वजनिक गर्नु भएको थियो ।
बुटवल–बेलहीया व्यापारिक मार्ग सडक बिस्तार आयोजना बिरुद्ध तत्काल घर नभत्काउन माग गर्दै परेको रिट निवेदनप्रति उच्च अदालत तुल्सीपूर बुटवल इजलासले बुधबार रिट निवेदकको पक्षमा निर्णय गरेको हो ।
अदालतको आदेशसँगै बुटवल बेलहीया सडक बिस्तार आयोजनाको काम तत्कालका लागि अगाडी नबढ्ने निश्चित भएको छ ।
आयोजना बिरुद्ध परेको रिट निवेदन उपर सुनुवाई गर्दै उच्च अदालत तुल्सीपूर बुटवल इजलासका मुख्य न्यायाधिश शेषराज सिवाकोटी र न्यायाधिश दयानाथ खरेलको इजालसले मुआब्जाकालागि परेका निवेदन अधिकारप्राप्त निकाय जिल्ला प्रसासन कार्यालय रुपन्देहीमा पेश गरी व्यक्तिको स्वामित्व र क्षतिपुर्ती सम्बन्धमा कानून सम्मत न्यायोचीत निर्णय गरी आवस्यक निकासा नभएसम्म निवेदकहरुको घर भत्काउन र घरले चर्चेको जग्गा नियन्त्रणमा लिने काम कार्बाही नगर्न नगराउन बिपक्षीका नाउँमा निषेधाज्ञा जारी हुने ठहर गरेको हो ।
बुटवल–बेलहीया व्यापारीक मार्ग बिस्तार आयोजनाले सडक सिमा भित्र पर्ने घर टहराहरु भत्काउन सूचना जारी गरेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सडक किनाराका घर धनीहरुले तत्काल घर भत्काउने कार्य रोक्न अन्तरिम आदेशको माग गर्दै अदालत पुगेका हुन ।
संयुक्त इजलासले विपक्षी व्यापारीक मार्ग बिस्तार आयोजना बुटवल–बेलहिया सडक योजनबाट प्रकाशित मिति २०७६÷१÷८ को सूचना बमोजिम रिट निबेदक नारायणी देबी प्रधान समेत १५६ जनाले मुआब्जाका पाउँ भनि निवेदन दिएका थिए ।
यद्यपी उक्त सडकको विषयमा सवोच्च अदालतले समेत यस अघि नै आयोजनालाई घर धनीहरुलाई मुअव्जा विना सडक नभत्काउन भनी अन्तरिम आदेश दिईसकेको थियो ।
घर धनीहरुले आयोजनाले घर भत्काउने भए आफुहरुलाई मुआब्जा दिनुपर्ने माग गर्दै आएका छन् । यस अघि आयोजनाले ८२ फुट सडक भित्र कसैको घर जग्गा पर्ने भए आवस्यक प्रमाण सहित कार्यालयमा पेश गर्न भनि सूचना जारी गरेकोमा कसैले पनि आवश्यक प्रमाण पेश गर्न नसकेको आयोजनाको दाबी छ ।

≪ Previous Post

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको पुग्यो ७० हजार

Next Post ≫

अन्तिम संस्कार गरेका छोरा जब जीवितै फर्किए…

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क