Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको पुग्यो ७० हजार
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको पुग्यो ७० हजार

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0
सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको पुग्यो ७० हजार
90
SHARES
ShareTweet


संसार पोष्ट
काठमाडौ, २३ साउन । सुनको मूल्य बिहिबार ५ सय रुपैयाँ बढेर प्रतितोला ७० हजार रुपैयाँ पुगेका छ ।
यो मूल्य हालसम्मकै उच्च हो । छापावल सुनको मूल्य बुधबारको मुल्यमा ६ सय रुपैयाँले बढेर ७० हजार रुपैयाँ पुगेको हो । यसैगरी तेजाबी सुन पनि प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा बिहिबार कारोबार भएको छ । चाँदी भने प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य पछिल्लो दुई दिनमै २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुनको कारोबार प्रतितोला ६८ हजार रुपैयाँमा भएको थियो । पछिल्लो समय सुनको भाउले हरेक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ । पछिल्लो एक सातामै प्रतितोला ४ हजार पाँच सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ ।
सुनले यसअघि बनाएको नयाँ रेडर्कलाई तोड्दै अघि बढेको छ । यसअघि सुन प्रतितोला ६९ हजार ५ सयमा पुगेर सर्वाधिक महँगोको नयाँ रेकर्ड बनाएको थियो । विश्वबजारमा सुनको मूल्यलाई अमेरिका र इरानबीच उत्पन्न भएको तनावले पनि असर गरिरहेको छ । शक्तिशाली राष्ट्रबीच व्यापारिक तनाव उत्पन्न हुँदा स्थानीय बजारमा सुनको भाउ उच्चविन्दुमा पुग्ने गरेको छ । अमेरिका, इरान, भारत र उत्तर कोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजारमा सुन, तेलको मूल्यलाई थपघट गराउँदै आएको छ ।

≪ Previous Post

खेतमा पानी लगाउन गएका घर्ती मृत भेटिए

Next Post ≫

अदालतको फैसलासंगै बुटवलको सडक बिस्तार अनिश्चित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क